डम्बरकुमार तुम्वापो
नेपालका १६ औं राष्ट्रिय विभूति, किरात धर्म सत्यहाङमा पन्थका प्रवर्तक, सत्यको पुजारी, अहिंसावादी, नारीवादी, युगपुरुष, सत्यमार्ग, सत्यकर्मका प्रवर्तक महान् समाज सुधारक, दार्शनिक महागुरु फल्गुनन्द गुरुको २००५ सालमा देवसान भएपछि पछि थुपै्र नन्दहरू (गुरुहरू) को जन्म भयो । किरात सत्यहाङमा पन्थमा धार्मिक आपुङ्गी संस्कार विकृतिको रूपमा विकास भयो । कतिले त फल्गुनन्द गुरुको अवतार, त्रिकालदर्शी हुँ भनी आफै घोषणा पनि गरे कोही महागुरुको अपूरो सपना पूरा गर्न आएको हुँ भन्दै व्यक्तिकरण साथै नन्दकरण गरे जसको परिणामस्वरूप महागुरुले भनेझैँ सत्य जहिले एक्लो हुन्छ तर अन्ततः सत्यकै जीत हुन्छ भनेझैँ कोही आफै पतन भएर गए भने कोही पतनको क्रममा छ्न । वास्तवमा माहागुरु फल्गुनन्द पछि उहाँहरू कोही पनि उहाँको अवतारको रूपमा जन्म लिनु भएको छैनन् र होइनन् पनि । उहाँहरूले महागुरुको दशर्नलाई संरक्षण, प्रवद्र्धन र प्रचारप्रसार गर्दै आउनु भएको चाहिँ सत्य हो । त्यसैले उहाँहरूलाई धर्म संरक्षक गुरुहरूको रूपमा स्थान र सम्मान दिँदा अर्थपूर्ण, न्यायपूर्ण हुन्छ जस्तो लाग्छ तर आज सत्यहाङमा दर्शनभित्र धेरै विकृति, विसङ्गतिहरू र धार्मिक आपुङ्गीपनहरू देखापरेका छन् ।
धेरै सत्यहाङमा दर्शन आत्मसात गर्नेहरू आज अन्यौलमा छन् । वास्तवमा महागुरुले दिनुभएको दर्शन र मुन्धुमलाई वर्तमान धर्मगुरुहरूले सही, सत्य ढङ्गले आत्मसात गरी पालना गरिरहेका छन् वा छैनन् यसको विश्लेषणात्मक, अनुसन्धानात्मक अध्ययन गर्न जरूरी छ । हो वास्तवमा महागुरु सम्बन्धी, किरात र किरातीहरू सम्बन्धी यस्ता धेरै विषयहरू छन् जुन इतिहासको गर्भमा लुकाएर, छुपाएर राखिएको छ जसको परिणामस्वरूप सत्यतथ्य कुराहरू अझ पनि जनमानसमा पुग्न सकेको छैन । फ्रेन्च दार्शनिक मिसेल फुकोले भनेका छन्–शक्तिले सत्य निर्धारण गर्दछ । इतिहास पनि एउटा ‘डिस्कोर्ष’ नै हो । यो डिस्कोर्षमा प्रतिनिधि शक्ति र सत्य हुन्छ भनेका छन् । जोसँग शक्ति छ उसले प्रतिनिधित्व गर्छ अनि ऊँसग शक्ति भएकोले सत्य, असत्य जे भएपनि सत्यलाई असत्य र असत्यलाई पनि सत्य बनाउन सक्छ किनभने फुकोले भनेका छन्–शक्तिले सत्य निर्धारण गर्दछ । जस्तैः जो सँग शक्ति छ उसले त्यो समाज, समुदाय र राष्ट्रको प्रतिनिधित्व गर्छ । ऊ त्यो समाज, समुदाय र राष्ट्रको प्रतिनिधि भएकोले उसमा शक्ति हुन्छ र त्यही शक्तिको भरमा, आडमा उसले सत्य निर्धारण गर्छ र इतिहास पनि आप्mनो दृष्टिकोणबाट लेख्छन् र लेखाउँछन् । हामीले फुकोको यो डिस्कोर्षलाई हाम्रो समाज, गाउँ, नगर र राष्ट्रमा प्रयोग गरेर हेर्ने हो भने धेरै इतिहासको गर्भमुनि लुकाएर राखेका सत्य, तथ्य कुराहरू बाहिर निस्कन्छ । वास्तवमा यो लेखमा यी नै विषयहरू उठान गरिने छ साथै महागुरु फल्गुनन्द र किरातिहरूको वास्तविक आस्थाको केन्द्रबिन्दु कहाँ र किन हो र किरातीहरूको पवित्र तिर्थस्थल (धामहरू) कहाँ कहाँ छन भन्ने विषयमा केन्द्रित रहने छ ।

१६ औं राष्ट्रिय विभूति
महागुरु फल्गुनन्दले समाज सुधारमा दिएको योगदानको सम्मानस्वरुप वि.सं. २०५० सालमा धर्मगुरु फल्गुनन्दको चित्राङ्कित १५ रुपैयाँको हुलाक टिकट प्रकाशनमा ल्याएर मुलुकले नै सम्मान ग¥यो भने सरकारले वि.सं. २०६६ मङ्सिर १६ गते १६ औं राष्ट्रिय विभूति घोषणा गरिसकेको छ ।
सरकारले महागुरु फल्गुनन्दको नाममा १५ रूपैयाँको हुलाक टिकट, नेपाली पाठ्यक्रममा संक्षिप्त जीवनी, दमकदेखि माङसेबुङ हुँदै रक्से जोड्ने सडकलाई फाल्गुनन्द मार्ग नामाकरण र महागुरुलाई १६ औं राष्ट्रिय विभूति घोषणा गरेको छ ।
माङ्हिम निर्माण
फल्गुनन्दले चारखाल चुकचिनाम्बा माङहिम (१९८३), नाम्भुनयन लोब्रे सूर्यद्ववारी माङहिम् (१९८७), लब्रे माङहिम १७ थुम (१९८८), याङ्रुप काबेली (१९९२), चिलिङ्से माङहिम (१९९७), चारखोला जितपुर गाछी माङहिम (१९९९), कुम्भकर्ण घुँसाघुँसा माङहिम १९९४) र भुटान घुम्ने ब्लक लामिटारमा युमा माङहिम निर्माण गरी सेवा गर्ने परम्पराको जग बसाल्नुभयो ।
माङहिममा पुजारीको व्यवस्था
नेपालको सुदुर पूर्वको विभिन्न जिल्लाहरूमा फल्गुनन्द लिङ्देनले माङ्हिम निर्माण गरे । त्यस माङ्हिममा पूजारीको व्यवस्था गरे माङहिम र पूजारीहरूको नामावली निम्न हुन् ।
१) चारखोला चुक्चिनाम्बा माङ्हिमः बद्रीनन्द तुम्बापो (लिम्बू) २) लब्रे माङहिम चोकमागु, पाँचथरः —बैजनाथ तुम्बापो (लिम्बू) ३) सिलौटी माङहिम, पान्थरः —चन्द्रबीर लिम्बू ४) याङ्वरक माङहिम, कावेलीः —गंगादिल तुम्बापो (लिम्बू) ५) आठराई निगुरादेनः —विश्वनाथ लिम्बू ६) हिमाल माङहिमः —हाङ्सादिल लिम्बू ७) जीतपुर माङहिमः —नरबहादुर लिम्बू
किरातीहरूको पवित्र तिर्थस्थलहरूः
१. लब्रेकुटी, महागुरुको कर्मथलो
२. चुक्चिनाम्बा मन्दिर, महागुरुको जन्मथलो साथै सानो गुरु बद्रीनन्दको कर्मभूमि
३. सिलौटी, महागुरुको तपोभूमि साथै समाधीस्थल
४. लारुम्बा, माङ्सेबुङ, धर्मसंरक्षक गुरु आत्मनन्दको कर्मभूमि
५. किरात हाङसाम माङहिम हात्तिलेदा, इलाम धर्म संरक्षक गुरु देवबहादुर तुम्बापो, लाफयङको कर्मभूमि
सत्य धर्म मुचुल्का
सामाजिक चालचलन र मुन्धुम दर्शनमा सुधारको खाँचो देखेपछि फल्गुनन्दको उपस्थितिमा शेरबहादुर लावतीको सभापतित्वमा १७ थुम १० लिम्बुवानका प्रतिनिधित्वसहित वि.सं. १९८८ सालमा पान्थर जिल्ला चेक्मागू गाविस, तिउली चाङ्गु, साबेन हाङ् तुम्याङ यकमा चुम्लुङ गरिएको थियो । चुम्लुङबाट सत्यधर्म मुचुल्का तयार गरिएको थियो ।
मुचुल्कामा आप्mनो भाषा–लिपीबाट अध्ययन–अध्यापन गर्न विद्यालय स्थापना गर्नुस्, इटदेव पितृपुजन र जन्म–विवाह र मृत्यु–संस्कारमा जीवघात, हिंसा, मद, मंस परित्याग गरी फलफूल, कन्दमूल, नैवेद्य, सिन्दुर, धुपपातीले गर्नुस्, मृतकमा ९ दिनमा कुश्रृङ्बा बारी १० दिनको दिन शुद्ध हुने गरी क्रियापुत्रीबाहेक तीन दिन बार्नुस्, शुद्धाइँ मरु, मृत्यु कार्य मुक्ति दिँदा सामसामा विधि विधानबाट मुक्ति दिनु र पिण्ड दिँदा चढाउँदा मासुमंस, जाँड–रक्सी नचढाउनु, दूध फलफूल अदुवा चामल, पिण्ड दिनुस्, सँुगुर र कुखुराको मासु नखानुस्, किरातीले जाँड–रक्सी परित्याग गर्नुस्, घरघरमा तान बुनी स्वदेशी कपडा लगाउनुजस्ता समाज सुधारक कुरा उल्लेख छ ।

यही क्रममा उनले १९८८ वैशाख २५ गते तत्कालीन १० लिम्बुवान र १७ थुमका समाजसेवी, विशिष्ट व्यक्तित्वहरूलाई बोलाएर चुम्लुङ (सभा) राखे । पाँचथरको फिदिमस्थित लब्रेकुटी भन्ने ठाउँ, जुन अहिले पवित्र धार्मिकस्थलको रूपमा चिनिन्छ । त्यहाँ आयोजित त्यो चुुम्लुङमा उनले समाज सुधार र विकृत चलन परिवर्तनका केही प्रस्ताव राखे । यो भेला राख्नुअघि उनले किरात समुदाय बसोबास गर्ने सबैजसो ठाउँ घुम्दै, मानिसहरूको आनीबानी पर्गेल्दै लामो समय बिताएका थिए ।
लिम्बूहरू सामाजिक जनजीवनको यस्तो पीडादायी एवं दर्दनाक अवस्थामा फल्गुनन्दले थुम–थुमका लिम्बू, सुब्बाहरूलाई बोलाएर वि.सं १९८८ वैशाख २४ गते पाँचथरको चोक्मागुको लोब्रेकुटीमा सत्यधर्म मुचुल्का गराए । सो मुचुल्कामा फेदापमा काजिमान सुब्बा, चौविसका प्रेमबहादुर माबोहाङ, पाँचथरका शेरबहादुर लाओतीजस्ता नामी सुब्बाहरूको सहभागिता थियो । मुचुल्कामा छोरीचेलीको सोत खान नहुने, संस्कृति, संस्कार, अनुष्ठानमा मदमंसको प्रयोग गर्न नहुने मुख्य बुँदाहरू थिए ।
यो मुचुल्काले विशेषगरी विपन्न लिम्बूहरूको जीवनमा ठूलो परिवर्तन एवं सुधार ल्यायो । उक्त मुचुल्का लिम्बूहरूको हकमा म्याग्नाकार्टा (बेलायतमा सन् १२१५ मा बनेको कानून) जस्तै बन्यो ।
अन्ततः सत्य मात्रै बोल्नुपर्छ, र सत्यकर्म मात्रै गर्नुपर्छ भन्दै हिँड्ने जोगीको नाम सत्यको मात्र पक्षधर लिने, सत्यको राजा भनेर फल्गुनन्दको विचारलाई ‘सत्यहाङमा’ भनेर कहलियो । लिम्बू जातिका यी महान् समाज सुधारकको वि.सं २००५ साल चैत्र २२ गते सोमबारका दिन इलामको सिलौटी, हाङयकमा देहान्त भयो । त्यो चुम्लुङमा फल्गुनन्दले समाजका सबैखाले विकृति अनि विसङ्गतिको अन्त्य गर्न सबै लाग्नुपर्छ भन्ने प्रस्ताव गरे । उनले भने, ‘आप्mनो मौलिक भाषा र लिपीको अध्ययन र विकास गर्नुपर्छ । ‘सिरिजङ्गा’ लिपीलाई समृद्ध बनाउनुपर्छ । आप्mनो मौलिकतालाई पटक्कै बिर्सनु हुँदैन । तडकभडकमा जोड दिनु हुन्नँ । पूजापाठ गर्दा पशुवली बन्द गरी त्यसको सट्टा नैवेद्य र फूलपाती चढाउनुपर्छ । मद्यपान गर्नै हुन्न । छोरा र छोरीलाई शिक्षाको समान अवसर दिनुपर्छ । यस्ता कुराले समाजमा शान्ति छाउँछ, एकता कायम हुन्छ ।’
फल्गुनन्दले आप्mना उपर्युक्त धारणा ‘चुम्लुङ’ मा व्यवस्थित ढङ्गले राखे, पारित पनि भयो । चुम्लुङबाट १० बुँदे मुचुल्का तयार पारियो, जसलाई ‘सत्यहाङमा’ मुचुल्का भनिन्छ । त्यही ‘सत्यहाङमा’ मुचुल्कालाई लागू गर्ने प्रतिबद्धता सबैले व्यक्त गरे । फल्गुनन्द अब त्यही मुचुल्काको प्रचार गर्न हिँड्न थाले । खासगरी मेची–कोशीका किरात समुदायमा उनले यसको व्यापक प्रचार गरे । विभिन्न स्थानमा सा तवटा ‘माङहिम’ (मन्दिर) नै बनाए । कुम्भकर्ण हिमाल किरातीहरूको पवित्र तीर्थस्थल हो भनी उनैले परिचित गराए । त्यहाँ पनि ‘माङहिम’ बनाएर माङसेवा (पूजाआजा) गर्ने प्रचलन शुरु गरे । उनले आफैं पनि पटक–पटक त्यहाँ पुगेर ध्यान र तपस्या गरेका थिए ।
नारीप्रति महागुरुको उच्च सम्मान
उनले महिला भनेका देवी हुन्, तिनलाई सम्मान गर्नुपर्छ, पूजा गर्नुपर्छ भन्ने मान्यता अघि सारे । सायद फाल्गुनन्दकै शिक्षाका कारण, हाम्रो किरात समाज अन्यभन्दा केही प्रगतिशील छ । महिलालाई सम्मान गर्छ, खुला दृष्टिकोण राख्छ, घरायसी व्यवहार महिला प्रधान हुन्छन् ।
नारी शक्तिको सम्मानमा महागुरु
‘कवच त्रैमासिक’ (वर्ष २, अङ्क २, असोज–मङ्सिर २०७३) मा ‘छोरीचेलीको सोतरितबारे महागुरु फल्गुनन्द’ शीर्षकको आलेखमा हस्तकला लिम्बूले लेख्नुभएको छ, ‘विश्व मानचित्रमा नारीहरू शैक्षिक, धार्मिक, सामाजिक एवम् राजनैतिक क्षेत्रहरूमा शिखर चुमिरहेको स्थितिमा हाम्रो किराती समाज संस्कार र संस्कृतिको नाममा जहाँको त्यहीँ रहिरहेका छन् । निश्चय नै किरातीहरूको गौरवशाली इतिहासमा यो लज्जास्पद पाटो हो । सृष्टिको जननीका रूपमा पुजिने नारीहरूप्रति किरात धर्म, किरात मुन्धुम, साम्जिक मुन्धुम, चाम्जिक मुन्धुम, पेशाप मुन्धुम इत्यादिले राम्रो स्थान दिएको छ । किरात धर्म दर्शनदाता, महान् समाज सुधारक मुहिगुम अङ्सी फल्गुनन्द लिङ्देन आप्mनो ६३ वर्षे जीवनकालमा आजीवन ब्रम्हाचारी भई युमा अर्थात् स्त्रीका रूपमा रहनुका साथै सदैव प्रमुख महत्व नारीहरूलाई दिनुभएको तथ्य उहाँले गर्नुभएको सिवा खाहुन (धर्मोपदेश) अद्यपि जीवन्त छ ।
विशेषतः सुनौली रूपौली प्रथाले किराती महिलाहरूमा उत्पन्न भएको नैराश्यता, समस्त् किरात वंशमा देखिएको विकृति एवम् विसङ्गतिलाई हटाउन उहाँ (महागुरु) आजीवन प्रयत्नरत् रहनुभयो जसको जीवन्त इतिहास (सत्यधर्म मुचुल्का) अद्यापि सुरक्षित छ । नारीहरुको सम्मान गर्न कहिल्यै नचुक्ने महागुरुले सोतरितको अलावा महिलाहरूलाई पैतृक सम्पत्तिको हकदार बनाउनुपर्ने जस्तो ज्यादै क्रान्तिकारी आवाज बुलन्द गर्नुभएको थियो । देखासिकी एवम् आधुनिकताको नाममा मातृसत्तात्मक समाजबाट पितृसत्तात्मक समाजमा हामफालेको किराती समाजले महिलाहरूबारे महागुरूले औँल्याउनुभएका विषयहरू उपर ध्यान दिएको भए, कार्यान्वयनमा उतारेको भए निश्चय नै आज आएर हाम्रो समाजको स्थिति धेरै माथि पुगिसक्ने थियो । किनकि घर प्राथमिक पाठशाला हो भने आमा शिक्षिका हुन् । तर विडम्बना, यो हुन सकेन । उहाँको मृत्युपश्चात् फर्केर हेर्ने चेष्टासमेत भएन (नगण्यले भने अपनाइरहे) ।
राष्ट्रको सुधार गर्नुपर्छ भने समाज सुधार्नुपर्छ, समाज सुधार्नु छ भने घरपरिवार सुधार्नुपर्छ, त्यसलाई सुधार्न घरकी आमालाई सुधार्नुपर्छ भन्ने कुरा महानगुरुले बुभ्mनुभयो र महिलाअधिकारको सवालमा आजीवन चिच्याउनु भयो तर सुन्ने कोही भएनन् । अहिले समयले त्यही माग गरेको छ, त्यही कुरा खोतल्नुपरेको छ । त्यसैले आजैदेखि नारीलाई प्रमुखता दिनु हुने महागुरुको दर्शनमा डोरिनुपरेको छ ।
युगपुरूष महागुरु फल्गुनन्दले दिनुभएको दर्शन, मुन्धुम, दिव्यउपदेश र अमर वाणीहरूमा युग सुहाउँदो समयलाई परिमार्जित गरेर सकल प्राणी सबैको सुरक्षा गर्दै विशेषगरेर नारीलाई उच्चकोटीमा स्थान दिनुभएको छ । किरात धर्म सत्यहाङ्मा (सत्यको रानी) भनेर उहाँलाई मानिन्छ भने युमामाङ (ज्ञानको खानी, सरस्वती माता) भनेर पुजिने गरिन्छ । युमा साम्यो (नारी दर्शन मार्ग) लाई अझ बुलन्द बनाउनुहुने महान् समाज सुधारक महागुरू फल्गुनन्दले वि.सं. १९९४ मा दिएको सिवा खाहुनमा भन्नुभएको छ, ‘सेसागेन मेन्छिमा नेनुसा यम्मासे’ (अमर चोला वंशवृद्धि गर्दैै लागिरहने दिदीबहिनीहरू हो) । यसरी नारीको शक्तिको सम्मान गर्नुहुने १६ औँ राष्ट्रिय विभूति महागुरु फल्गुनन्दको मङ्गेना (शिर) उठाउने समय आएको छ ।
समाज सुधारमा अतुलनीय योगदान र सत्यहाङ्मा मत प्रचार–प्रसारको माध्यम लिम्बू भाषा
कठोर निरङ्कुश शासन व्यवस्थाको बाबजुद पनि साधुसन्तको रूप धारण गरेर जेलनेलसमेत सहँदै आप्mनो लक्ष्यमार्गमा लागिरहनु उनको सफलताको कसी थियो । महात्मा येहाङपछि सोधुङ्गेन् लेप्मुहाङ, कान्देन्हाङ, माबोहाङ, साम्बङ्हाङ् येत्इङहाङ्, सिरिजङ्गाहाङ् र महागुरु फल्गुनन्द किरात समुदायमा अवतरित मुहिगुम अङ्सीहरू हुन् । यिनै अङ्सीहरूको योगदानले हालसम्म पनि किरात तथा युक्थुङ्बाहरूको धर्म–दर्शन जीवन्त छ ।

सत्यहाङ्मा मत प्रचार–प्रसारको माध्यम लिम्बू भाषालाई बनाइयो । सवायेहाङ कालदेखि नै प्रारम्भ भएको लिम्बू भाषाको भजनावली तेअङ्सी सिरिजङ्गाको मृत्युपछि २ सय वर्षको अन्तरालमा महागुरुले जस्ताको त्यस्तै रूपमा पुर्नउत्थान गरी लिम्बू काव्य साहित्यलाई गतिशील टेवा दिए । यसप्रकार फल्गुनन्द लिम्बू काव्य साहित्यको अग्रज हुन् भन्न सकिन्छ । फल्गुनन्दद्वारा पुर्नउत्थान गरिएको भजनावली उस्तै सास्त्रीय छन्दमा जीवित र पहिलो क्रमका भजनहरूले जातीय पहिचानको हकमा समेत भजनको लेखनी आएको देखिनाले लिम्बू काव्य साहित्यमा भजनको महत्वपूर्ण भूमिका भैआएको देखिन्छ । फल्गुनन्दले समाज सुधारमा अतुलनीय योगदान पु¥याउनु भएको छ । पहिरो रोक्ने, पानी उमार्ने, खडेरी भएको ठाउँमा पानी पार्ने जस्ता विभिन्न चमत्कारी कार्यसमेत गर्नुभयो भन्ने गरिएको छ ।
लोपोन्मुख अवस्थामा रहेको किरात लिपीलाई प्रचार गर्नुका साथै छरपस्टिएको साम्जीक मुन्धुमलाई संहिताकरण गर्नुभयो । यी आधारहरूले फल्गुनन्द लिम्बू साहित्यका कवि र सत्यहाङ्मा पन्थको पूजापाठका सामाग्रीहरू गद्यमा समेत पाइने हुनाले उनलाई अमर साहित्यकार मान्न सकिन्छ । वि.सं. २००५ साल चैत २२ गते याम्बोङ्को हाङ्यकमा ६३ वर्षको उमेरमा उनको देहान्त भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here