धरानः विगत केही वर्षदेखि होटेल म्यानेजमेण्ट क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको ह्वाइट हाउस कलेजले यो क्षेत्रमा एउटा नयाँ फड्को मारेको छ ।
व्हाइट हाउसले अहिले बेलायतको ओथम क्वालिफिकेसनको नेपालको लागि आधिकारिकरूपमा सम्बन्धन वितरण गर्ने संस्थाको रूपमा मान्यता प्राप्त गरेको छ । इन्टरनेशनल डिप्लोमा इन कुलनरी आट्सको लेभल तीन र चार, त्यसैगरी इन्टरनेशनल डिप्लोमा इन होटल म्यानेजमेन्ट लेभल तीन र चारको लागि ओथम क्वालिफिकेसन युकेको कोर्षमा विगत तीन वर्षदेखि कक्षा गर्दै आएको कलेजले यही ४ वटा विषयका लागि आधिकारिकरूपमा सम्बन्धन वितरण गर्न सक्नेछ ।
नेपालमा भएका संस्थाहरूले सो विषयमा आधिकारिकरूपमा ओथम क्वालिफिकेसन युकेको सम्बन्धन लिन चाहेमा व्हाइट हाउस धरानले सो सम्बन्धन उपलब्ध गराउन सक्नेछ । यो भन्दा अगाडि व्हाइट हाउस धरान लगायत नेपालका अन्य धेरै संस्थाले भारतको दिल्ली अवस्थित म्याट्रइक्स इन्फोसिसअन्तर्गत ओथम क्वालिफिकेसन, युकेको कोर्षहरू सञ्चालन गर्दै आएको थियो । अब भारतको त्यो संस्थाले उपलब्ध गराउँदै आएको त्यो सम्पूर्ण सुविधा व्हाइट हाउसले नै उपलब्ध गराउने भएको व्हाइट हाउसका सिइओ अरुणकुमार प्रधानले जानकारी दिए ।

‘भारतको संस्थाबाट सम्बन्धन लिँदा, सम्बन्धन शुल्क तथा विद्यार्थी दर्ता शुल्क महङ्गो पर्ने तथा अन्य प्रक्रिया गर्दा भारतबाट असहज हुने भएकोले गर्दा नै हामी बेलायतसँग प्रत्यक्षरूपमा जोडिन बाध्य भयौं तर जे भयो राम्रो भयो, अब नेपालमा यो कोर्ष सञ्चालन गर्न चाहनेहरूले सजिलोसँग हामीसँग जोडिएर ओथम क्वालिफिकेसन, युके को कोर्षहरू सञ्चालन गर्नु सक्नेछन् ।’ सिइओ प्रधान भन्छन् ।
प्राविधिक शिक्षाअन्तर्गत पढाइने यो कोर्षमा एसइइ दिएकाले लेभल तीन र प्लस टु गरेकाले लेभल चारमा अध्ययन गर्न पाउने उनी बताउँछन् । ‘६ महिनाको अध्ययनपछि चीनलगायत अन्य तेस्रो मुलुकका उत्कृष्ट पाँच तारे होटलमा छ महिनादेखि एकवर्षसम्म इन्टर्नसीप, त्यसपश्चात् रोजगारीको अवसर प्राप्त गर्नेछन् ।’ उनले थपे, ‘यदि ओथम क्वालिफिकेसन अध्ययन गरेका विद्यार्थीहरूले विदेशमा नै रहेर एडभान्स डिप्लोमा तथा बिएचएम अध्ययन गर्न चाहेमा सजिलैसँग अध्ययनको अवसर पनि प्राप्त गर्न सक्ने छन् ।’

बेलायतको डिग्रीअनुसार ओथम क्वालिफिकेसनको लेभल तीन गरेका विद्यार्थीहरुले युके डिग्रीको पहिलो वर्षको प्रवेश कोर्ष, लेभल चार गरेको विद्यार्थीहरूलाई तीन वर्षे ब्याचलर डिग्रीको पहिलो वर्षको कोर्ष, लेभल पाँच गरेको विद्यार्थीहरूलाई सो ब्याचलर डिग्रीको दोस्रो वर्षको कोर्ष, लेभल ६ गरेका विद्यार्थीहरूले युकेको ब्याचलर डिग्रीको मान्यता प्राप्त गर्नेछन् भने लेभल ७ गरेका विद्यार्थीहरूले युकेको मास्टर डिग्रीको मान्यता प्राप्त गर्ने छन् ।
तर नेपालमा लेभल तीन र चार गरेका विद्यार्थीहरूले विश्वका कुनैपनि पाँचतारे होटलमा रोजगारको अवसर प्राप्त गर्ने छन् । ‘अहिलेको शिक्षा पद्दतिमा प्राविधिक शिक्षाको एकदमै महत्वपूर्ण भूमिका रहेको र कुनैपनि विषयमा प्राविधिक शिक्षा पाएका व्यक्तिहरूले कुनै पनि राष्ट्रमा गएर सजिलैसँग रोजगारीको अवसर प्राप्त गर्ने सकिने कुरा प्रधान बताउँछन् । सिटिईभिटीबाट पनि सम्बन्धन प्राप्त यस संस्थाले आफ्ना विद्यार्थीहरुलाई स्किल टेस्ट गराई लेभल एक र दुईको सिटिइभिटीको प्रमाणपत्र पनि उपलब्ध गराउँदै आएको छ ।’ उनले भने । धरान, इटहरी, धनकुटा , धनगढी, बुटवल, दाङ, काठमाडौं, चितवन, विराटनगरमा सञ्चालन भएको ओथम क्वालिफिकेसनको सेन्टरहरू आगामी दिनमा नेपालका अन्य धेरै शहरहरुमा पनि छिट्टै सञ्चालन गर्नु लागिएको सिआइओ प्रधानले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here