धरान: धरान १८ स्थित डिपो स्कुलको खेल मैदानमा शुक्रबारबाट सुरू भएको १६ औ ललित अम्बर डिपो कपको आजको उदघाटन खेलमा डिपो स्कुल क विजयी बनेको छ । २५।२५ मिनेटको खेलाइएको खेलमा डिपोले २-१ गोल अन्तरले मेरील्यान्ड स्कुललाई पराजित गरेको हो ।
खेलको पहिलो हाफमा पाएको कर्नर प्रहारलाई सदुपयोग गर्दै डिपोका खेलाडि माङसाम लिम्बुले एक गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा नै मेरील्यान्डका खेलाडि आर्यन तामाङले गोल गर्दै खेल बराबरीको स्थितीमा ल्याएका थिए । दोश्रो हाफमा पाएको फ्रि किकलाई सदुपयोग गर्दै माङसामले नै दोश्रो गोल गर्दै टिमलाई पुन अग्रता दिलाएको थिए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन ।
खेलको म्यान अफ द म्याच मेरील्यान्ड स्कुलका खेलाडि जुएस राई घोषित हुँदै मायाको चिनो र प्रमाणपत्र प्राप्त गरे । उनलाई कार्यक्रमका अध्यक्ष मेजर श्रवणकुमार लिम्बुले पुरस्कार प्रदान गरेका थिए । विजयी बन्दै डिपो दोश्रो चरणमा प्रवेश गरेको छ भने पराजित मेरील्यान्ड लेट दिलकुमार प्लेट कपको उपाधिका लागी प्रतिस्पर्धा गर्नेछ ।
शनिबार ३ वटा खेल हुने भएको छ । भोलीको पहिलो खेल विहान ११ बजे डिपो ख र धरान आर्दश स्कुल बिच हुनेछ । त्यस्तै दोश्रो खेल दिउँसो १ बजे इमानुएल स्कुल र नवज्योति बिच र तेश्रो खेल दिउँसो २ बजे इर्स्टन एजुकेसन एकेडमी र एक्वा डायन्स्टी स्कुल बिच हुने आयोजकले जनाएको छ । उक्त फुटबल प्रतियोगितमा धरान भरीका १३ वटा नीजी विद्यालयहरूले सहभागिता जनाएको छ ।
प्रतियोगिताको बिजेताले नगद १० हजार सहित रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने समूहले नगद ५ हजार र तेस्रो हुनेले नगद ३ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । ललित अम्बर डिपो कपबाट पहिलो चरणबाट बाहिरीएका समूहलाई प्रतिष्पर्धा गराइने लेट दिलकुमार प्लेट कपको बिजेताले नगद ३ हजार सहित रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । उपबिजेताले भने नगद २ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछ ।
आज भएको उदघाटनमा मेम्बर अफ भिक्टोरियाज अर्डर मुक्तिप्रसाद गुरूङको प्रमुख आतित्थ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा अफिसर इन चिफ स्यान्डी नाइटिङ्गेल विशिष्ट अतिथी रहेका थिए । अन्य अतिथीमा डिपो स्कुलका संचालक सदस्य हर्कराज राई, डिपो स्कुलका प्रन्सिपल राजकुमार राई लगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here