धरानः जन्मदिन सबैले फरक फरक किसिमले मनाउँछन् । कसैले केक काटेर, कसैले भोजभतेर गरेर, कसैले गरिबलाई लत्ताकपडा र खानेकुरा दिएर । तर धरान–५ तल्लो देउराली निवासी आशमाया लिम्बूले आफ्नो जन्मदिनको अवसरमा बिजुलीको पोलको लागि चिम प्रदान गरेर जन्मदिन मनाएकी छिन् ।
फक्ताङलुङ मार्ग र सेवा लाममा रहेकोे १५ थान बिजुली पोलको लागि चिम प्रदान गरेर जन्मदिन मनाएपछि उनको अहिले ठाउँभरी चर्चा छ । बिजुली चिम वितरण गर्दै लिम्बूले भनिन्, ‘हामी सबैले जन्मदिनको अवसरमा एउटा बिजुली पोलमा एउटा मात्र बिजुली बत्ती बाल्न सके कसैलाई बिजुली बत्तीको लागि हात जोड्नु पर्दैन ।’
यस कार्यले सडक उज्यालो हुनुको साथै सबैलाई आवतजावत गर्न पनि सजिलो हुने उनले बताइन् । कार्यक्रममा स्थानीय टोलवासीहरुको उपस्थिति थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here