धरानः धरान–१६ स्थित युएन/नवोदय कलेजमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
अभिभावकको पनि बाक्लो उपस्थिति रहेको कार्यक्रममा अभिभावकसँगै उनीहरू सम्मानित साथै पुरस्कृत भएका थिए ।
प्रथम त्रैमासिक परीक्षामा कक्षा–११ र १२ का प्रथम, द्वितीय र तृतीयलाई पुरस्कार वितरण गरिएको हो । कक्षा–१२ ए बाट ७०.४ प्रतिशत ल्याउँदै प्रथम हुने रोजा तम्रुक, ६६.४ प्रतिशत ल्याएर दोस्रो हुने रन्जु दाहाल, ६२.८ प्रतिशत ल्याएर तेस्रो हुने इशा राईलाई सम्मान गरिएको थियो । यस्तै, १२ बि बाट सहदेव रम्तेल, जीवन लिम्बू, १२ सी बाट सुम्निमा राई, संगम श्रेष्ठ, सलिना तामाङ पनि पुरस्कृत बने । त्यस्तै, १२ डि र इ बाट क्रमशः दयालिमो राई, जमुना मगर, दिव्या लिम्बू, हेमन्त तामाङ, खुशी राई, रोजिना गुरुङ सम्मानित र पुरस्कृत बने । त्यस्तै, ११ ए बाट ८१.६, ७४.४, ६१.८, ७४, ६८, ७०.८, ७०, ५७.६ प्रतिशत ल्याउँदै प्रथम बनेर क्रमशः सुम्निमा राई, टिजा लिम्बू, निशा विक, दीपशिखा राई, सोनिया तामाङ, रोशन श्रेष्ठ, विजय राई, अश्मिला तामाङ, सेशिमा लिवाङ सम्मानित र पुरस्कृत बने ।
यस्तै, क्रमशः दोस्रो तेस्रो हुँदै गरिमा राई, शोभा जिमी, सुमन जिमी, सरस्वती रम्तेल, सौगात लामा, दिया नेम्वाङ, मनिष लिम्बू, प्रिया लिम्बू, सिसम राई, पुस्तम राई, सशिस मगर, निशा लिम्बू, सोफिया गुरुङ, सरिता लिम्बू, आयुष राई, आयुष कार्की, गणेशबहादुर खत्री पनि सम्मानित र पुरस्कृत बनेका थिए ।
कलेजका अध्यक्ष ज्ञानेश्वर झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख डम्बरकुमार तुम्वापो, एचएम कोअर्डिनेटर गगन श्रेष्ठ, परीक्षा कन्ट्रोलर विष्णु दाहाल, डिसिप्लिन इन्चार्ज निरज मास्के, अध्यापक राजेश विद्रोही, सुमन बाँस्कोटालगातले पुरस्कार तथा सम्मान गरेका थिए । विद्यार्थीको पढाइ क्षमता जाँच्दै उनीहरू साथै अन्य विद्यार्थीलाई हौसला होस् भनेर साथै पढाइमा निखारता आओस् भन्ने उद्देश्यले विद्यार्थीलाई पुरस्कृत र सम्मानित गरिएको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिए । ‘अभिभावकसँगै विद्यार्थी पनि पुरस्कृत र सम्मानित गरेका हौं’, क्याम्पस प्रमुख तुम्बापो भन्छन्, ‘विद्यार्थी र अभिभावकसँगै पुरस्कृत र सम्मानित गरिँदा अभिभावक र विद्यार्थीमा पढाइप्रतिको जिम्मेवारीपन पनि बढ्छ र पढाइमा निखारता आउँछ भन्ने हाम्रो बुझाइ हो ।’
कार्यक्रममा प्लस टु होटल म्यानेजमेण्टका विद्यार्थीहरूका लागि बार टेन्डिङ र जगलिङ डेमोष्ट्रेसन गरी देखाएका थिए । कलेजका पूर्व विद्यार्थी भास्तव आचाजु, साहिल र मिकेलले त्यस्तो प्रस्तुति गरेर देखाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here