धरानः धरान–९ स्थित विष्णु मेमोरियल माविका विद्यार्थीले फरक तरिकाले असहाय र अपाङ्गलाई सहयोग गरेका छन् ।
धरान–१ स्थित अपाङ्ग पुनस्थापना केन्द्रमा पुगेर उनीहरूले फरक तरिकाले सहयोग प्रदान गरेका हुन् । विद्यार्थीले दशैं, तिहारजस्ता नेपालीको महान चाडमा टिका लगाएर पाएको रकमले दाल, चामल, तेललगायतका सामग्री प्रदान गरेका थिए । विद्यार्थीले ७५ केजी चामल, १० केजी दाल, ५ केजी तेल, ५ केजी नुन र चाउचाउ वितरण गरेका थिए ।
करिब ९० जना विद्यार्थीले त्यहाँ पुगेर ती सामग्री हस्तान्तरण गरे । विद्यार्थीलाई सामाजिक बनाउन यस्तो कार्यक्रम आयोजना गरिएको मावि कोअर्डिनेटर शम्भु रेग्मीले जानकारी दिए । वर्षेनी फरक किसिमले विद्यार्थीले असहाय, अनाथ साथै अपाङ्गको सेवा गर्दै आएको अध्यापक भवानी खतिवडाले जानकारी दिए । यसअघि विद्यार्थीले धरानस्थित सरस्वती बाल आश्रमका बालबालिकालाई सहयोग गरिसकेका छन् ।
तस्वीरः हाम्रो कोशी आवाज डटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here