धरानः स्वीडेनमा कार्यरत् धरान–१६ का सुवास अधिकारीका परिवारले धरानको विद्यालयलाई सहयोग गरेका छन् ।
धरान–१६ स्थित श्री पञ्चायत आधारभूत विद्यालयका इन्टरनेट जडान गरिदिएका हुन् । विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष एवं वर्तमान व्यवस्थापन समिति सल्लाहकार सदस्य नगेन्द्रप्रसाद अधिकारीका छोरा सुवास, बुहारी सोमा अधिकारीको सहयोगमा इन्टरनेट जोडिएको प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईले जानकारी दिए । उनले वर्षेनी इन्टरनेटमा लाग्ने चार्ज पनि तिरिदिने घोषणा गरेको प्रधानाध्यापक भट्टराई बताउँछन् । ‘इन्टरनेट हुँदा विद्यार्थीलाई केही नयाँ कुराको ज्ञान नहुँदा समस्या थियो, अब इन्टरनेटमै विषयगत कुराहरू चित्रसहित देखाउँदै पढाउन सकियो भयो’, प्रधानाध्यापक भट्टराईले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here