धरानः धरान–१८ स्थित डिपो स्कुलको खेल मैदानमा जारी १६ औं ललित–अम्बर डिपो कपको फाइनलमा धरान–१३ स्थित पुलिस स्कुल र धरान–१७ को एक्वा सेकेण्डरी बोर्डिङ स्कुलबीच प्रतिस्पर्धा हुने भएको छ ।
सेमिफाइनल खेलमा एक्वाले आइडियल स्कुललाई १–० गोल अन्तरले पराजित गरेको हो भने नेपाल पुलिस स्कुलले डिपो क लाई ७–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । योसँगै यिनीहरु दुई स्कुलबीचको भिडन्त पक्का भएको हो ।
एक्वाका एल्विन दाहालले एक मात्र निर्णायक गोल गरेका थिए । मङ्गलबार नै भएको दास्रो सेमीफाइनल खेलमा नेपाल पुलिसको तर्फबाट सुजन श्रेष्ठले हयाट्रिक, कप्तान समिर राईले दुई गोल र सौर्य खड्का र गौरव तिवारीले एक–एक गोल गरेका थिए ।
खेलको दोस्रो हाफमा डिपोको किपरले डि एरियामा फउल गरेपछि पाएको पेनाल्टीमार्फत् गोल गर्दै श्रेष्ठले आफ्नो ह्याट्रिक पूरा गरेका थिए । खेलको दोस्रो हाफमा पुलिसका खेलाडीले डि एरियामा फउल गरेपछि पेनाल्टीमार्फत् डिपोले गोल गर्ने सुन्दर मौका पाएको थियो । कप्तान सृजन मगरले गरेको प्रहार पुलिसको किपरले बचाएपछि डिपोले गोल गर्न पाएको एकमात्र अवसरबाट पनि बन्चित हुन पुगेको थियो ।
बुधबार लेट दिलकुमार प्लेट च्याम्पियनसीपको दुई सेमिफाइनल खेल हुनेछ । दिउँसो १ बजे हुने पहिलो सेमिफाइनल खेल युरेका र मेरिल्यान्ड स्कुलबीच हुनेछ भने दिउँसो २ बजे दोस्रो सेमिफाइनल खेल इमानुएल स्कुल र होलिल्यान्ड स्कुलबीच हुने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here