धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीका विद्यार्थीले अन्तर्राष्ट्रिय प्रतियोगितामा जीत हासिल गरेपछि सम्मानित भएका छन् ।
विद्यालय प्राङ्गणमा विद्यार्थी सम्मानित बनेका हुन् । विद्यार्थीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हात पारेका छन् । अन्तर्राष्ट्रियस्तरको कराँते प्रतियोगिताको विभिन्न विधामा उनीहरूले ७५ हजार जितेर ल्याएपछि उनीहरूका लागि विद्यालयले सम्मान कार्यक्रम आयोजना गरेको थियो ।
प्रतियोगितामा जितेर उनीहरूले ७५ हजार रूपैयाँ पाएको प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए । कार्यक्रममा प्रिन्सिपल राई, अध्यापक साथै कराँते प्रशिक्षक अमिर लामालगायतले खादा, अविरले उनीहरूलाई सबै विद्यार्थीमाझ सम्मान गरिएको थियो ।
२०७६ मङ्सिर ६ देखि ८ गतेसम्म बेलबारीमा सम्पन्न प्रतियोगितामा उनीहरूले अन्तर्राष्ट्रिय प्रतियोगिता जितेका हुन् । प्रतियोगितामा भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का लगायतका देशका विद्यार्थी सहभागी थिए । प्रतियोगितामा एकेडेमीकी छात्रा समिना राईले ३५ केजी तौल समूहको कुमुतेमा गोल्डमेडल, निमा डोल्मा तामाङले काँतामा सिल्भर र कुमुतेमा ब्रोन्ज, खगेन्द्र राईले कुमुतेमा ब्रोन्ज, काँतामा सिल्भर, अपेक्षाले कुमुतेमा ब्रोन्ज, सौरभ सापकोटाले कुमुतेमा ब्रोन्ज, लिजन गुरुङले कुमुतेमै ब्रोन्ज पाएका थिए ।
नोबेल इन्टरनेशनल कराँते च्याम्पियनसीप २०१९ नाम दिइएको प्रतियोगितामा विद्यार्थीले सफलता हात पारेका हुन् । प्रिन्सिपल मिलनकुमार राईले पढाइका साथै विद्यार्थीलाई कराँतेलगायत अन्य अतिरिक्त क्रियाकलापमा खरो उत्रिन अभिमुखीकरण गर्ने गरिएको र अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता जित्नु गौरवको कुरा भएको बताए ।
तस्वीरः हाम्रो कोशी आवाज डटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here