धरानः धरान १८ स्थित डिपो स्कुलको खेल मैदानमा जारी १६ औ ललित अम्बर डिपो कप अर्न्तगत लेट दिलकुमार प्लेट च्याम्पियनसिपको दुई सेमिफाईनल खेलमा इमानुए स्कुल र मेरिल्याण्ड स्कुल विजयी बन्दै फाइनलमा भिड्ने भएको छ । फाइनल भोली बिहिबार दिउँसो १ बजेबाट हुनेछ ।
आज बुधबार भएको पहिलो खेलमा इमानुएल स्कुलले होलील्यान्ड स्कुललाई ३-० गोल अन्तरले पराजित गरेको थियो भने दोश्रो खेलमा युरेकालाई मेरील्यान्ड स्कुलले २-० गोल अन्तरले पराजित गरेको थियो । आजको पहिलो खेलमा इमानुएलका कप्तान अर्जुन कामतले व्यक्तिगत दुई गोल र अनुप राईले एक गोल गरेका थिए । दोश्रो गोल मेरिल्यान्डको आत्मघाती गोल भएको थियो ।
बिहिबार डिपो कपको तेश्रो स्थानको लागी पनि खेल हुनेछ । विहान ११ बजेबाट हुने तेश्रो स्थानका लागी डिपको क र आईडियल स्कुल भिड्नेछ ।

यसअघि युरेका भिड्ने भएकोमा क्षमाप्रार्थीसहित समाचार सच्याइएको छ । -सम्पादक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here