धरानः मिस स्टेट १ र पूर्वाञ्चल सिङ्गीङ स्टारका बिजेतालाई रकम प्रदान गरिएको छ । धरान बगरकोटपारी होटल वाबु एण्ड लञ्ज बारमा आयोजित कार्यक्रममा उनीहरूलाई रकम प्रदान गरिएको हो ।
धनकुटा बोधेकी रजनी लिम्बूले मिस स्टेट १ को उपाधि जित्दै स्टेजमै स्कुटी पाइसकेकी छिन् । खोटाङकी युरिका राई फस्ट रनर अप बन्दै नगद ५० हजार पाइन् भने धरानकी स्यारोन सुब्बा सेकेण्ड रनरअप बन्दै नगद २५ हजार पाइन् । उनीहरूलाई कार्यक्रमकी कोरियोग्राफर मेरिना तुम्सा र कार्यक्रमका अध्यक्ष एवम् संयोजक भक्तिराज राईले रकम प्रदान गरेका थिए ।
यस्तै पूर्वाञ्चल सिङ्गीङ स्टार सिजन ७ को बिजेता मोरङका सुमित राईले ५० हजार नगद पाए । उनले २ वटा गीत रेकर्ड, १ वटा म्युजिक भिडियो, १ वर्ष निःशुल्क म्युजिक कोर्ष सिक्ने अवसर पाएका थिए । भोजपुरकी बबिना राई फस्ट रनर अप बन्दै २५ हजार नगद पाइन् । सेकेण्ड रनरअप बन्ने सोलुखुम्बुका सुवास वनले १५ हजार रुपैयाँ पाए ।
कार्यक्रमका संयोजक एवम् बागिना कला केन्द्रका अध्यक्ष भक्तिराजले प्रदेश नं. १ का १५ वर्ष उमेरदेखि रहेका अविवाहित युवायुवतीहरूलाई लक्ष्यित गरी यसअघि पनि मिस स्टेट १ भएको बताए । देशको भाषा, कला, संस्कृति, पर्यटन, अर्थतन्त्र, राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रको बारेमा सुसुचित गराउँदै कलाको माध्यमद्वारा समुन्नत राष्ट्र निर्माणमा योगदान दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संयोजक राईले जानकारी दिए । पूर्वाञ्चलका विभिन्न दुर्गम र विकट क्षेत्रमा रही प्रतिभा भएर पनि अवसरको कमीले ओझेलमा परेका नव युवा प्रतिभाहरूलाई उजागर गर्ने उद्देश्यले प्रतियोगिताहरू आयोजना हुँदै आएको उनले बताए । केन्द्रले वि.सं. २०७० सालदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ ।
तस्वीरः हाम्रो कोशी आवाज डटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here