धरानमा आयोजित संवाद कार्यक्रममा धरानका मेयर पदका उम्मेद्वारले धरान बनाउने अठोट गरेका छन् । उपस्थित अधिकांशले धरान यतिका वर्षमा पनि नबन्नुको कारण उम्मेद्वारलाई सोधेका थिए । नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधि, अधिकारकर्मी साथै विभिन्न व्यक्तिहरूले धरान किन्न बन्न सकेन भनेर कारण खोतल्दै समाधानतर्फ लाग्नुपर्ने सुझाए । त्यतिबेला अधिकांश दलका उम्मेद्वारले प्रतिबद्धता पनि जनाए कि अब धरान बन्छ । धरान बनाउने भिजनसहित आफूहरू आएको उनीहरूको दावी थियो । धरान किन बन्न सकेन ? धेरैको जिज्ञासा मेटाउ“दै उनीहरूले धरानलाई बसपार्क, खानेपानी, यातायात, सडक धरानको मुख्य समस्या भएको बताउ“दै अब धराने जनतालाई काम गरेर देखाउने बताए ।
धरानका केही वडाध्यक्षले भने धरानको विकास सम्भव छ भनेर पनि देखाइसकेका छन् । धरान–१८ का वडाध्यक्ष प्रविण राईले वडाबाट आउने तलब लिएका छैनन् भने जनताको काम पनि गरिरहेका छन् । यस्तै, धरान–१४ का वडाध्यक्षले तलब नखाइ आफ्नै खर्च गर्दै वृद्धवृद्धालाई निःशुल्क घुमाउनेदेखि सडक बत्ती जडानसमेत गर्दै आएका छन् । यस्तै, धरान–१३ का वडाध्यक्ष नेत्र काफ्ले पनि अहिले हप्ताको सातै दिन काम गरेर चर्चा मात्रै बटुलेका छैनन् व्यवहारमा पनि त्यस्तै देखाएका छन् । धरानका वडाध्यक्ष यस्तो पनि भन्ने सन्देश छर्दै उनले काम पनि गरिरहेका छन् । उनले शनिबार पनि बिहान ७ देखि ९ बजेसम्म कार्यालय खोलेर जनताको गुनासो सुन्दै आएका छन् । हुन त एक समय फुस्रे बजार गुल्जार थियो तर त्यो गुल्जारलाई ब्यु“त्याउने उनको प्रयास सह्रानीय छ । त्यहा“ अहिले बीपी पार्क पनि बनिसकेको छ । बीपी पार्कमा दिनमा सयौं पर्यटक ओइरिने गरेका छन् । अरू बार जनताको काम गर्दै फुर्सद नहुने हुनाले शनिबार कार्यालय खोलेर जनताको गुनासो सुन्दै आएको उनले बताएका छन् । उनीहरूबाट अहिलेसम्म भ्रष्टाचार, अनियमितता वा अन्य बेथितिका काम पनि भएका छन् भन्ने जनता वा कसैले सुन्न समेत पाएका छन् । अर्को महत्वपूर्ण काम उनले गरेका छन् विपन्न सुत्केरीलाई खाद्यान्न लगायतका सामग्री वितरण, बेवारिसे अवस्थामा रहेकाहरूलाई उपचार गर्न कोष खडा ।
जनताको काम सहज ढङ्गले गर्दै जनताप्रति समर्पित हुने हो भने जनताले विश्वास गर्छन् भन्ने यी वडाध्यक्षले गरेका कामको उदाहरणबाट प्रष्ट हुन्छ । वडाध्यक्ष वा जनप्रतिधिको काम जनताको सेवा गर्ने नै हो । यही भनेर जनताले उनीहरूलाई चुनेर पठाएका हुन् । यी र यस्तै वडाध्यक्ष देशभरी हुने हो भने देशको विकास सम्भव छ । धरानकै मात्रै कुरा गर्ने हो भने धरानको विकासका लागि यस्ता भावना बोकेका जनप्रतिनिधि आउनु आवश्यक छ ।
जनता जनार्दन हुन् । जनताले पनि हेरिरहेका छन् । जनताले कुन जनप्रतिनिधिले कस्तो र कसरी काम गरिरहेका छन् हेरिरहेका हुन्छन् । त्यसैले धरान बनाउने हो भने यस्ता जनप्रतिनिधिको खा“चो छ । जनताको काममा दिनरात नभनी खट्न सक्यो भने अर्थात् बेथिति, भ्रष्टाचार निर्मूल पार्दै धरानका मूल समस्या बसपार्क, खानेपानी, सडक, पर्यटन क्षेत्रलगायतका पूर्वाधारमा मात्रै ध्यान दिने हो धराने जनताको मन जित्न सकिन्छ । अहिलेसम्म धरानको विकास हुन नसकेको भनेर जनताले भनिरहेका छन् । मूलतः यिनै पूर्वाधारहरूको विकास नहुनुले पनि धराने जनताको दलहरूप्रतिको वितृष्णा बढेको हो । त्यसैले जनताले देख्नेगरी काम गर्नेखालको नेतृत्व अहिलेको आवश्यकता हो अनि मात्रै धरान बन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here