धरानः एक युवतीमाथि बलात्कार गरेको अभियोगमा सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । जिल्ला अदालत सुनसरीले पक्राउ गर्न अनुमति दिएलगत्तै उनलाई पक्राउ गरिएको सुनसरी प्रहरीको भनाइ छ । ‘पक्राउ गरिएको पुष्टि गर्दै सार्वजनिक गर्ने तयारी भइरहेको छ ।’ प्रमुख यज्ञ विनोद पोखरेलले भने ।
गिरीले गत ४ कार्तिकमा बलात्कार गरेको भन्दै उनकै अनुयायीले काठमाडौंसम्म पुगेर किटानी दिएपछि उनलाई पक्राउ गरिएको हो । तर, सिद्धबाबालाई जाहेरीकर्ता महिलाले लामो समयदेखि एसएमएस पठाउने गरेको खुलेको छ । उनले बाबालाई हालसम्म ५२ वटा मोबाइल एसएमएस पठाएको पाइएको छ ।
यस घटनामा नयाँ ट्वीस्ट आएको छ । बलात्कारको आरोप लगाएकी महिलाले नै विगत ६ महिनादेखि सिद्धबाबालाई पटक पटक यति लामो च्याट गरेकी थिइन् कि, डाउनलोड गरेर निकाल्दा सो च्याट मात्र ५२ पेज पुगेको छ । म्यासेज यस्तो पनि छ– ‘एकचोटी भेट्न पाए नि हुन्थ्यो, कति चुम्न मन छ । के यो झुटो हो ? हजुरको मनमा टोलाउँदा आफैं मुस्कुराउँछन् यी ओठ, के यो नाटक हो ?’
‘बाबा हजुरको म भक्त हुँ । हजुरलाई म चाहेको कुरा पूरा गर्दिन्छु । हजुरसँग भेटेर प्यास मेट्न चाहन्छु । हजुर किन रिसाइसिन्छ’ जस्ता विभिन्न शब्द प्रयोग गरेर एसएमएस पठाएकी छिन् । बाबालाई पठाइएका ती सबै एसएमएस प्रहरीले फेला पारेको जनाएको छ ।
ती महिलाले एकतर्फी रुपमा म्यासेज पठाएको देखिएको छ । जहाँ उनले सिद्धबाबालाई भेट्न, पाउँ, चुम्बन गर्न पाउँ, अङ्कमाल गर्न पाउँ भन्ने खालका म्यासेज पठाएकी छिन् । ती महिलाले ६ महिनादेखि यसरी निरन्तर म्यासेज गरे पनि सिद्धबाबाले भने कुनै रिप्लाई गरेको देखिँदैन ।
महिलाले पठाएको च्याटमध्ये एक ठाउँमा लेखिएको छ, ‘जय सिताराम हे प्राणनाथ जुन चरण चुम्न यो मन आतुर छ, ती कोमल चरणमा कोटी कोटी नमन, कसम खाएर नी लेखेसी भन्ने सोचिसिन्छ होला । जे सजाय पनि भोग्न तयार छु । हजुरको मन त मेरो लागि कठोर छ । तर म हजुरलाई पाउन तड्पिरहेको छु । मेरो मनको पीडा हजुरलाई के थाहा ?’
सिद्धबाबालाई आरोप लगाउने ती महिलाले म्यासेजमा लेखेकी छन्, ‘हे प्यारा हजुरको यादमा जुन तरंगले मलाई छुन्छ के यो झुटो हो र ? हजुरको अंगालोमा बेरिएर संसार भुल्न मन छ । थोरै माया बर्साए कस्तो हुन्थ्यो होला ?’
यसरी विगत ६ महिनादेखि सिद्धबाबालाई निरन्तर म्यासेज गरेर भेट्न र चुम्न अनुनय र विनय गर्ने ती महिलाले नै सिद्धबाबाविरुद्ध बलात्कारको उजुरी दिएकी हुन् । ती महिला सुरुमा सिद्धबाबाविरुद्ध उजुरी दिन भन्दै महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी थिइन् । काठमाडौंले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै सिआइबी जान सुझाएपछि उनी सिआइबी पुगिन् । आफूकहाँ आएको जाहेरी सिआइबीले सुनसरी प्रहरीलाई पठाएपछि सिद्धबाबा प्रहरी नियन्त्रणमा परेका हुन् । सिद्धबाबाका अनुयायीहरूले भने उनलाई फसाउन नाटक रचिएको दाबी गरेका छन् । म्यासेज शिलापत्र र नेपाल लाइभबाट साभार ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here