धरानः धनकुटा–१ हिलेस्थित कोशी राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा चालक धनकुटा सिन्जाली गाउँ बस्ने ४० वर्षीय राजकुमार मगर र सह–चालक सोही स्थान बस्ने २७ वर्षीय दलबहादुर सिन्जाली मगरको मृत्यु भएको हो ।
दिउँसो साढे १ बजे सिधुवाबाट हिलेतर्फ आउँदै गरेको को२त ८७२१ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा चालक राजकुमारको सोही ट्याक्टरले किची घटनास्थलमै मृत्यु भएको हो भनी घाइते भएका सहचालक दलबहादुरको उपचारको क्रममा विजयराज हस्पिटल हिलेमा पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
उता ताप्लेजुङ भीरबाट खस्दा एकजनाको मृत्यु भएको छ । ताप्लेजुङ सिदिङवागाउँपालिका–५ लिम्बुदिन बस्ने ५५ वर्षीय जयबहादुर इदिङगो लिम्बूको भीरबाट लडी मृत्यु भएको छ ।
लिम्बुआङ खोपबाट घर फर्कने क्रममा आङखोपस्थित नाकेडाँडाभीर गोरेटो बाटोमा अचानक लडी अन्दाजी ६ सय मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको भनी निजका आफन्तले प्रहरीमा खबर गरेका थिए ।
यता झापा कचनकवल गाउँपालिका–७ बस्ने ५५ वर्षीय कायाराय क्षेत्रीको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । पाथीभरा सामुदायिक वनको भवननजिकैमा जंगली हात्ती आई क्षेत्रीलाई आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको भनि स्थानीयले प्रहरीमा खबर गरेका थिए । मृत्यु भएका क्षेत्री सोही सामुदायिक वनको भवनमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका थिए ।
यस्तै, इलाममा जिल्ला बारा बर्दिया घर भई इलाम बस्दै आएका २८ वर्षीय बालकुमार चौधरीको करेन्ट लागी मृत्यु भएको छ ।
इलाम नगरपालिका–५ स्थित रहेको माइखोला हाइड्रोपावरमा काम गर्ने क्रममा तार सट भई करेन्ट लागी बेहोस भएका चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here