धरानः दर्जनौं म्युजिक भिडियोपछि जमेकी नायिका रेखा लिम्बू कलाकारिता क्षेत्रसँगै बुटिक व्यवसायमा पनि जमेकी छिन् ।
धरानको आफ्नै घरमा ‘आर स्क्वायर कलेक्सन’ नामक बुटिक खोलेकी उनको व्यवसाय अहिले जम्दै गएको छ । ‘तारेभीर’ नामक चलचित्रमा अभिनय गरेर उदाएकी नायिका रेखा अहिले बुटिकबाट मनग्ये आम्दानी गर्न थालेको बताउँछिन् ।
‘कलाकारिता क्षेत्र आफूलाई स्थापित गर्ने माध्यम हो, बुटिक खर्च चलाउने ।’ उनले भनिन्, ‘मासिक खर्च यसैबाट धान्दै आएको छु ।’ धरान फेसनमा रम्छ । यही कारण पनि आफू जमेको उनले बताइन् । बुटिकमा अलि फरकपन दिने कोसिस गरिरहेको उनले बताइन् । ‘कलाकारिताका साथै फेसन व्यवसायी पनि हो भनेर चिनिन चाहन्छु’, उनले भनिन्, ‘भविष्यमा यसलाई बढाएर देशविदेशसम्म लाने योजना छ ।’
व्यवसायसँगै चलचित्र क्षेत्र अर्थात् कलाकारिता क्षेत्रमा निरन्तरता दिने उनी बताउँछिन् । ‘कलाकारितामा जम्दै, व्यवसायमा पनि जम्दै, नाम, दाम पनि कमाउनका लागि व्यवसाय थालेको हुँ,’ उनले भनिन्, ‘कलाकारितामा प्रवेश गर्दा आर्थिक समस्या थियो नै, कलाकारितामा सक्रिय हुनका लागि दिदी रसुसँग मिलेर बुटिक खोलें, त्यसको बिक्रीबाट आफू चल्न खर्च पनि पुग्न थालेको छ ।’ उनले अहिले बुटिकसँगै कलाकारिता क्षेत्रबाट पनि कमाउन थालेकी छिन् । ‘म्युजिक भिडियो, फिल्म क्षेत्रबाट पनि कमाइरहेकी छु ।’ उनले भनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here