धरानः व्हाइट हाउस इन्टनेशनल इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टले हालै आफ्नो छैठौं ब्याचको विद्यार्थीहरूलाई बिदाइ तथा अवार्ड वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालको अध्ययनपछि थप अध्ययन तथा इन्टर्नसीपका लागि चाइना जान लागेको विद्यार्थीहरूलाई अध्ययन अवधिमा पुरयाएको उनीहरूको दक्षतालाई अध्ययन गरी अवार्ड पनि वितरण गरिएको थियो ।
अवार्ड पाउनेहरूमा डिएचएमतर्फ धरानबाट रक्षा खडगी, कुलनरी आर्टतर्फ धरानबाट कुशल श्रेष्ठ र इटहरीबाट अलका श्रेष्ठ छन् । त्यसैगरी वेष्ट ट्यालेन्टेड विद्यार्थी को रूपमा बिन्दु सुब्बाले अवार्ड हात पारिन् भने वेस्ट सर्भिसतर्फ वर्षा राई र अलका श्रेष्ठ, बेस्ट डिसिप्लिनतर्फ जुनुकला राई, ज्योति सावदेन, नवल वनेम, राजकुमार पासवान, बेस्ट हाउस किपिङतर्फ श्रेया प्रधान र पर्वत विस्ट, वेस्ट फ्रन्ट अफिसतर्फ प्रेमिषा तामाङ र सायरा गुरुङ, वेस्ट फुड प्रोड्क्सनतर्फ कुशल श्रेष्ठ र नसिमा राईले अवार्ड हात पारेको सिइओ अरुणकुमार प्रधानले बताए ।
व्हाइट हाउसमा अध्ययन समाप्त भएपछि विद्यार्थीहरू आफ्नो आगामी अध्ययन तथा रोजगारिको लागि विश्वका विभिन्न उत्कृष्ट तारे होटलमा जानेछन् । हाल उनीहरु एक वर्षको लागि चाइना गएपनि यदि विद्यार्थीहरुले अझ बढी अध्ययन गर्नु चाहेमा चार बर्ष नै बसी रोजगारी गर्दै अध्ययन गर्ने अवसर पनि प्राप्त गर्ने सिइओ प्रधानले बताए । होटल व्यवस्थापनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल व्हाइट हाउसले नेपालबाट सिटिइभिटी तथा बेलायतबाट ओथमको मान्यता प्राप्त गरेको छ । हालै इन्स्टिच्युटले बेलायतको ओथम क्वालिफिकेसनको आधिकारिकरूपमा नेपालको लागि सम्बन्धन पनि वितरण गर्ने अधिकार प्राप्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here