धरानः धरानकी सिमरन श्रेष्ठ भोट माग्न व्यस्त छिन् । उपनिर्वाचनमा होइन आफू मिस लुमियर वल्र्डमा नेपालको प्रतिनिधित्व गरेको हुनाले उनले भोट मागेकी हुन् ।
मिस लुमियर वल्र्डमा नेपालको प्रतिनिधित्व गर्दै धरानकी सिमरनले प्रतिनिधित्व गरेकी हुन् । डिसेम्बर ७ तारिकमा मलेसियामा हुने फिनालेमा नेपालबाट श्रेष्ठ सहभागी हुन लागेकी हुन् । त्यसअघि १ डिसेम्बरदेखि सिङ्गापुरमा तालिम हुनेछ ।
यो प्रतिष्पर्धामा नेपालको पहिलो सहभागिता हो । श्रेष्ठ मिस पूर्वाञ्चल २०१७ की फस्ट रनर अफ हुन् । उनले मिस पर्सनालिटी र मिस फोटोजेनिकको टाइटल पनि जितेकी थिइन् ।
२५ राष्ट्र सहभागि हुँदै आएको यो प्रतिष्पर्धामा पाँचवटा देश थपिएपछि नेपालले पनि मौका पाएको हो । सानैदेखि मोडलिङ क्षेत्रमा रुची भएकी श्रेष्ठले अध्ययन पूरा गरेर यसै क्षेत्रमा सक्रिय रहने उद्देश्य रहेको बताइन् । उनी मिस पूर्वाञ्चल २०१७ को फस्ट रनर अप समेत हुन् । उनले दर्जन बढी म्यूजिक भिडियोमा अभियन गरिसकेकी छन् भने कोरियोग्राफीमा पनि उनको रुचि छ । हाल उनी बीबीए अध्ययनरत् छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here