धरानः धरान वडा नं. ७ मा उपनिर्वाचनमा किरियापुत्रीले समेत मतदान गरेका छन् । आमाको निधन भएपछि ८ दिनदेखि काजक्रिया बसिरहेका किरिया पुत्री मोती सुवेदी र उनकी श्रीमती ममता सुवेदीले धरान–७ को मतदान केन्द्रमा मत खसालेका हुन् ।
धरानमा गत निर्वाचनमा भन्दा यस पटक मतदातामा उत्साह देखिएन । मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले यसपटक ५५ प्रतिशत बढी मत खसेको जनाए । उनका अनुसार यो खसेको मत प्रतिशत अपेक्षा गरेभन्दा कम हो । उनले मतदाताहरुको मत ७० प्रतिशत भन्दा माथि मत खसे मात्र उत्साहजनक सहभागिता भन्न सकिने बताए । धरानमा यो समाचार तयार पार्दासम्म ५३ हजार मात्रै मत खसेको छ । ९२ हजार ५ सय ५३ मतदाता रहेको धरानमा अहिलेसम्म खसेको मत हेर्दा विगतको तुलनामा कम मत खसेको हो ।
हाल मतगणनास्थलमा २ वटा सिसिटिभी राखेर निगरानी गरिएको छ भने मतगणना गर्ने गणक र उम्मेदवारका प्रतिनिधिहरूबीच घेराबारा (ब्यारियर) राखिएको छ । मुख्य निर्वाचन अधिकृत उप्रेतीका अनुसार मतपत्रको सुरक्षाको लागि तारको घेराबारा गरिएको हो । विवादले मतपत्र च्यातिने सम्भावना भएकोले गणक कर्मचारी र उम्मेद्वार प्रतिनिधिको बीचमा घेराबारा राखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here