धरानः आज शनिबार हुने देशभरीका स्थानीय तहका ५२ पदका लागि उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भई मतदान समेत शुरू भएको छ ।
संघ, प्रदेश र स्थानीय तहको ५२ पदका लागि मंसिर १४ गते शनिबार मतदान हुँदैछ । धरान उपमहानगरपालिकामा मेयर र एक वडा अध्यक्षका लागि धरानमा मतदान हुँदैछ ।
धरानका २८ मतदानस्थलका ९९ मतदान केन्द्रमा अहिले मतदान भइरहेको छ । धरानमा उपनिर्वाचनको क्रममा मतदाता संख्या बढेको छ भने कुल मतदाता संख्या ९१ हजार ८ सय ८३ पुगेको छ ।
स्थानीय तह अन्र्तत सुनसरीको धरानमा मेयर र वडा अध्यक्ष दुईवटा पदका लागि स्वतन्त्र गरी कुल २७ जनाले भाग लिएका छन् ।
मतदान केन्द्र तथा स्थलमा सुरक्षाका लागि तीन तहमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिएका छन् । पहिलो सुरक्षा घेरामा ७ सय ९० जनपथ प्रहरी, दोश्रो घेरामा २ सय ६५ जना सशस्त्र प्रहरी र तेश्रो घेरामा नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here