धरानः धरानमा भइरहेको स्थानीय तहको उपनिर्वाचनका बेला सडक खाली भएपछि कतिपय बालबालिका फुटबलमै रमाएका छन् ।
धरान–१० राँगाचोक र पुरानो बजार (माछाभौडी) मा सडकमै बालबालिका फुटबल खेल्दै रमाइहेका भेटिएका थिए । यस्तै, भानुचोकमा रहेको बसपार्कमा सडक बालबालिकाले सडक बढारेका छन् । भानुचोकस्थित बसपार्क उनीहरूले दिनभर लगाएर बढारेर सफाचट बनाएका हुन् । बसपार्क वरिपरी फालिएका प्लाष्टिक, बोतल, फोहोरमैला उनीहरूले बढारेर फालेका हुन् । निर्वाचन अवधिभर भानुचोक सुनसान समेत बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here