धरानः सुनसरीको कोशी गाउँपालिकास्थित हरिपुरमा ट्रक र एम्बुलेन्स एकापसमा ठोक्किदा ७ जनाको मृत्यु भएको छ ।
एम्बुलेन्समा सवार विरामीसहित ७ जनाको घटनास्थलमा नै मृत्यु भएको हो । ना२ख ९०८२ नम्बरको ट्रक र को१च ९३६४ नम्बरको एम्बुलेन्स ठोक्किएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता विनोद शर्माक्ँ ऋन्ुसँर पूर्वपश्चिम राजमार्गस्थित हरिपुरमा पूर्वबाट पश्चिम उदयपुरतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स वीरगञ्जबाट पूर्वतर्फ आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्कसँग ठोक्किएको थियो । एम्बुलेन्समा सवार ७ जनाको घटनास्थलमै ज्यान गएको हो ।
मृत्यु हुनेहरुममा उदयपुरको त्रियुुगा नगरपापलिकाका राजेश दनुवार, दुुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राइ, दिनेश राइ र शिवमाया राई रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here