धरानः नवनिर्वाचित मेयर तिलक राईले सबै मिलेर धरानको विकासका सबै नगरबासीको साथ र सहयोग लिने बताएका छन् ।
धरान–१२ स्थित पब्लिक हाइस्कुलको प्राङ्गणमा बोल्दै उनले भने, ‘यहाँहरूको अभूतपूर्व साथ छ, हामी सबै मिलेर धरानको विकास गर्नुछ, यहाँभित्र भएका बेथिति हटाउनुछ, यहाँभित्र भ्रष्टाचारलाई रोक्नुछ, यहाँभित्र भएका अग्ला योजनाहरूलाई पूरा गर्नुछ, आज यो जीत काङ्ग्रेसको हो, आज यो जीत सारा धरानबासीको जीत हो, आज यो जीत एमाले, नेकपा माओवादी केन्द्र र नेकपामा रहेका इमान्दार कार्यकर्ता जसले परिवर्तनको पक्षमा मत दिनुभो उहाँहरूको हो, उहाँहरूलाई जय नेपाल भन्न चाहन्छु ।’ उनले थपे, ‘यहाँ कोही प्रतिपक्ष हुने छैनन्, सबै सत्तापक्ष भएर काम गरिनेछ, यहाँ कुनै विकास निर्माणका योजना, कांग्रेस, नेकपा, समाजवादी, लिम्बुवान छैनन् यहाँका सबै मुद्दा साझा छन्, सबै मिलेर यहाँको समस्या समाधान गर्नेछौं ।’
सम्पूर्ण नगरबासीको सहयोगले यहाँको समस्या समाधान गरिने उनको कथन थियो । आफूले जनादेश प्राप्त गरिसकेको र सबैको साझा प्रतिनिधित्व भएर काम गर्ने उनले बताए । ‘हामीले जे सोंच्यौं, त्यो भयो, विशेषतः मतदाताहरूलाई विशेष धन्यवाद ।’ उनले अन्त्यमा भने ।
उनले सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘म भ्रष्टाचार गर्दिनँ, जनताको सेवा गरेको तलब लिन्न, भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाएर काम गर्नेछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here