धरानः मोडलिङ क्षेत्रमा जम्छु भन्दै लागेकी धरानकी सिमरन श्रेष्ठ नेपाल चिनाउन लागिपरेकी छिन् ।
मिस लुमियर वल्र्डमा नेपालको प्रतिनिधित्व गर्दै उनले नेपाल चिनाउन लागेकी हुन् । यो एउटा सौन्दर्य प्रतियोगिता हो । उनले सो प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गरेकी हुन् । ‘बिजेता बन्छु वा बन्दिनँ’, उनले भेटमा भनिन्, ‘तर नेपाल भने चिनाउनेछु ।’ डिसेम्बर ७ तारिखमा मलेसियामा हुने फिनालेमा नेपालबाट उनी सहभागी भएकी हुन् । त्यसअघि १ डिसेम्बरदेखि सिङ्गापुरमा तालिम हुनेछ ।
सौन्दर्य प्रतियोगितामा भाग लिएपछि उनी हाल भोट माग्न व्यस्त छिन् । श्रेष्ठ मिस पूर्वाञ्चल २०१७ की फस्ट रनर अफ हुन् २५ राष्ट्रले यस प्रतियोगितामा भाग लिनेछन् । उनले दर्जन बढी म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकी छिन् । उनले लुमियर वल्र्डको पेजमा गएर लाइक, शेयर साथै अन्य सहयोग गरिदिन आग्रह समेत गरेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here