धरानः विगत ९ वर्षदेखि नियमित आयोजना हुँदै आएको ‘नेपाल आइस मिस पूर्वाञ्चल’ को १० औं संस्करणको अन्तिम प्रतिस्पर्धामा २० जना सुन्दरी छनौटमा परेका छन् ।
छनौटमा परेका सहभागीहरू शनिबारदेखि व्यक्तित्व विकासलगायत अन्य प्रशिक्षणमा व्यस्त बनेका छन् । यसपटक अनुषा लिम्बू, अनुपमा बस्नेत, सुष्मिता बराइली, निभेदिता राजभण्डारी, स्वेता पोख्रेल, मोनालिषा राई, शशि बिसुङ्खे, सिमरन प्रधान, सिमरन लिम्बू, विपना तामाङ, मिलिमा श्रेष्ठ, सुदीक्षा विश्वकर्मा, निशा धिताल, अस्मिता लिम्बू, वर्षा श्रेष्ठ, प्रिजनी नेपाल, एन्जल राई, रिजु भट्टराई, रेजिना राई, रेश्मा राई, अन्जु बुढाथोकी सहभागी छन् ।
प्रिजनी नेपाल मिस इटहरी आइकन ०१९ विजेता हुन् भने रिजु भट्टराई मिस पथरी शनिश्चरे ०१९ र एन्जल राई मिस राई २०१९ कि बिजेता हुन् । मिस कस्मोपोलिटन वल्र्ड २०१९ कि विजेता प्रियारानी लामाले अहिले कोरियोग्राफीको भूमिका निभाएको इभेन्ट म्यानेजर सौरभ श्रेष्ठले बताए ।
सिल्भर इन्टरटेन्मेन्टको आयोजना रहेको उक्त प्रतियोगितालाई सिजी बु्रअरीको मुख्य प्रायोजन, बराह ग्रुपको प्रस्तुति र ओम शान्ति कम्पनी लिमिटेड सिओल कोरियाको सह–प्रायोजन रहेको छ । उपाधि विजेताले नगद दुई लाख नगदँ र अध्ययनका लागि युएन कलेजमा निःशुल्क छात्रवृत्ति पाउने छ ।
फस्ट रनरअपले नगद १ लाख रूपैयाँ, सेकेण्ड रनरअपले नगद ५० हजार रूपैयाँसँगै विभिन्न कलेजसँग सहकार्यमा छात्रवृत्ति पाउनेछन् । यस्तै सब टाइटल अन्तर्गत मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्प्लेक्सन, मिस वेस्टवाक लगायतका विभिन्न टाइटल प्रदान गरिनुका साथै टाइटल विजेताहरुले जनही १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
तस्वीरः हाम्रो कोशी आवाज डटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here