कुलुङ समुदायको नयाँ वर्ष ‘चाक्चाकुर’ उत्सवको बारेमा समाचार दिएकोमा हाम्रो कोशी आवाज टिमलाई धन्यवाद । तर, कुलुङहरुको टाउकोमा राई थपेर अर्थात् कुलुङ राई भनी लेखेकोमा हाम्रो असहमति छ । किनभने, राई भनेको पद वा पगरी मात्रै हो । त्यसैले लगभग २१ वर्षदेखि कुलुङ समुदायले अलग्गै जातीय स्वपचिानका लागि सङ्घर्ष गर्दै आएको छ, राई होइन, कुलुङ जाति वा समुदायका रुपमा चिनिनका लागि ।
‘चाक्चाकुर’ सँगै कुलुङ समुदायको नयाँ वर्ष येले दोङ–५०८० पनि सुरु भयो । जे भए तापनि कुलुङ समुदायको चाड÷उत्सव चाक्चाकुरलाई महत्व दिएर समाचार छापेकोमा हाम्रो कोशी आवाज अनलाइन टिम टिमलाई फेरि पनि धन्यवाद ।
इमेलबाट
कुलुङ समुदाय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here