धरानः धरान–१८ स्थित पुरानो विद्यालय डिपोट माविको ५७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
कार्यक्रममा धरान उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित तिलक राईलाई अभिनन्दन समेत गरेको छ । स्कुल व्यवस्थापन समितिका अध्यक्ष श्रवणकुमार लिम्बू, स्कुलका प्राचार्य राजकुमार राईले मेयर राईलाई अभिनन्दन पत्रले अभिनन्दन गरेका थिए । उनी सो विद्यालयमै पढेका थिए । ‘पूर्व विद्यार्थी धरानको मेयर हुनु गर्वको कुरा हो’, प्राचार्य राईले भने ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका मेयर राईले विद्यार्थी प्रतिस्पर्धात्मकरूपमा अघि बढे मात्रै क्षमताको विकास हुने बताए । कार्यक्रममा बोल्दै प्राचार्य राईले विद्यालयले पढाइमा जोड दिँदै अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिँदै गएको बताए । उनले बालबालिकाको अन्तरनिहीत क्षमता साथै पढाइका पनि ध्यान दिए विद्यार्थीको भविष्य उज्ज्वल हुने धारणा राखे ।
कार्यक्रममा विद्यार्थीले सांस्कृतिक प्रदर्शनी, विज्ञान प्रदर्शनीलगायतका प्रदर्शन गरेका थिए । कार्यक्रममा विद्यार्थीले नृत्य मात्रै देखाएनन् नाटक, कविता, गीत, फेशन पनि देखाए । नर्सरीदेखि ब्याचलर्स लेवलसम्म अध्ययन अध्यापन हुने विद्यालयमा १५ सय भन्दा बढी विद्यार्थी अध्ययनरत् छन् ।
फोटोः लक्ष्मण थापा 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here