धरानः धरानमा माघ १ गतेदेखि ९ गतेसम्म प्रदेश १ स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिताको नाम ‘प्रथम भगतसर्वजीत स्मृति ब्याडमिन्टन प्रतियोगिता– २०७६’ राखिएको छ ।
धरान–१५ स्थित होलिल्याण्ड इन्टरनेशनल स्कुलमा केही महिनाअघि सम्पन्न ब्याडमिन्टन हलमा सो प्रतियोगिता हुन लागेको हो । होलिल्याण्डमा केही महिनाअघि मात्रै स्तरीय ब्याडमिन्टन कोर्टसहितको हल निर्माण भइसकेको छ । दुई महिनाअघि मात्रै स्थापना भएको धरान–१५ को उज्यालो स्पोर्टिङ क्लबले प्रतियोगिता गराउन लागेको क्लबका गोविन्द विकले जानकारी दिए । पत्रकार सम्मेलनमा ओपन डबल्स र भेट्रान डबल्स गरेर खेल खेलाइने उनले बताए । उनले ओपनतर्फ क्रमशः प्रथम, दोस्रो, तेस्रो हुनेलाई ३५ हजार, १७ हजार र ९/९ हजार, त्यस्तै, भेट्रानतर्फ क्रमशः २५ हजार, १५ हजार र ७/७ हजार रूपैयाँ पुरस्कार, ट्रफी प्रदान गरिने बताए ।
प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारी, धरानका विभिन्न वडाले रकम सहयोग गर्ने आश्वासन दिएपछि उनीहरू खेलतर्फ उत्साहित भएर लागेका हुन् । ‘अधिकांशले सहयोग गर्ने वचन दिइसक्नुभएको छ, त्यसैले यो खेल आयोजना हुन लागेको हो ।’ गोविन्दले भने ।
सुनसरी जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा कार्यक्रम हुन लागेको उनले जानकारी गराए । फोटोः लक्ष्मण थापा 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here