दिलकुुमार लिम्बूू
ताप्लेजुुङः ताप्लेजुुङको सदरमुुकाम फुुङलिङको सुुकेटरबाट ५ वर्षमा चीनको तिप्ततला नाका जोड्ने लक्ष्यसहित २०६६ शुुरू भएको ट्रयाक १० वर्षमा चीनको तिब्बतसँग सडक सञ्जालले जोडिने भएको छ । निर्माण कार्यमा कुनै अवरोध तथा समस्या नआए यही आर्थिक वर्षमा यो सडकको ट्रयाक दुुुवैतिरबाट जोडिने छ ।
ताप्लेजुुङको सदरमुुकाम देखि १२२.६ किलोमिटर रहेको उत्तर–दक्षिण लोकमार्ग अहिले तिब्बतदेखि ३३ किलोमिटर र ताप्लेजुुङको सदरमुुकामदेखि ८३.५ किलोमिटर सडकको ट्रयाक खोलिसकेको र बाँकी ७ किलोमिटर रहेको सो आयोजनाका प्रमुुख रामबहादुुर गुरूङले जानकारी दिए । आयोजना प्रमुुख गुरूङका अनुुसार यसै आर्थिक वर्षमा ट्रयाक खोल्ने कार्य सम्पन्न गर्ने साथै स्तरोन्नति गरिनेछ । अहिले लेलेप–गोला खण्डको निर्माणाधीन सडकमा लेलेपबाट गोलातर्फको ट्रयाक खोल्ने काम इलाडाँडाको फेदीखोला पुग्न लागेको छ भने गोलाबाट लेलेपतर्फको भने जोङ्गिम भन्दा मुनि सेलापसम्म पुगेको छ ।
सरकारले पूर्वमा चीनसँग नाका जोड्न टिप्तला नाकासम्म सडक खुलाउँदा तराईसम्मको दूरीसमेत नजिक हुने देखिएको छ । झापाबाट मेची राजमार्ग भएर दुई सय ६५ किलोमिटरमा फुङलिङ बजार पुगिन्छ । ओलाङचुङ्गोला र सुकेटारसम्म सडक जोडिँदा तराईका भारतीय नाकासमेत ज्यादै छोटो दुरीमा जोडिन्छ । चीनले समेत टिप्तलासम्मको सडकलाई निकै प्राथमिकता दिएरको फक्ताङलुुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुुङको भनाइ छ ।
नेपाल सरकारले सुकेटारदेखि टिप्तलासम्मको सडकलाई तिप्तला नजिकै रहेको रिउ बजारका चिनियाँ यो नाका चाँडै खुलोस् भन्ने चाहेको प्रवक्ता वलुुङले बताए । गाउँपालिका अध्यक्ष सरोज एभेङ नेपाल सरकारले पनि चीन सरकारसँग कुटनीतिक पहल गरी यो सडक निर्माण तथा स्तरोन्नति गर्ने काम गरिरहेको बताउँछन् ।
यो सडकका करिब दर्जन स्थानमा पुलसमेत आवश्यक छ । उत्तर–दक्षिण लोकमार्गको तापेथोक, रानीपुलबाट गोलातर्फको सडक विस्तारमा तीनवर्षे ठेक्का पारेको एसबिए एलिट जेभी कम्पनीले जेनतेन काम गरिरहेको छ । कम्पनीका राजीव लामिछानेले लेलेपको लुङथुङसम्म खासै समस्या नभए पनि इलाडाँडा आसपासबाट चट्टानी भाग आउने भएकाले खर्च र समय नै बढी लाग्ने जानकारी दिए ।
टिप्तला भन्ज्याङ ५३ सय मिटर उचाइमा रहेको र यो भन्ज्याङले नेपाल र चीनलाई जोडेको छ । यसको दूरी २४ किलोमिटर छ । चीनसँगको व्यापारिक सम्बन्ध विस्तार गर्न र ओलाङचुङगोला नाकालाई सडक सञ्जालले जोड्न, काठमाडौंको एलाइट निर्माण कम्पनीले सडक विस्तारको काम गरिरहेको छ ।
यो सडक निर्माण सम्पन्न हुँदा तमोर करिडोरको पनि ट्रयाक खोल्ने काम सकिनेछ । तमोर करिडोर निर्माण पूरा हुँदा टिप्तला भन्ज्याङदेखि विराटनगरको रानी भन्सारसम्मको दूरी २ सय ७० किमी मात्रै हुने उत्तर–दक्षिण लोकमार्ग आयोजनाका पूर्वप्रमुख कुवेर नेपाली बताउँछन् ।
नेपालीका अनुसार यो सडक निर्माण भएर सञ्चालनमा आएपछि नेपाल–भारत र चीनको त्रिदेशीय नाका जोड्ने यो सबैभन्दा छोटो दूरीको सडक हुनेछ । विराटनगरदेखि जोगवनीको दूरी लामो नभएकाले त्रिदेशीय छोटो बाटो हुने उनको बुझाइ छ । हाल निर्माणाधीन सुकेटार–काँकडभिट्टा सडकको दूरी पनि २ सय ४० किलोमिटर मात्रै छ । अझ आगामी आर्थिक वर्षका लागि मेची राजमार्गको यो सडक व्यवस्थित गराउन सरकारले ९२ करोड बजेट छुट्याएको छ । सडक सञ्चालनमा आएपछि नुनदेखि सुनसम्म तिब्बतबाट ल्याउन सकिने र नेपालका जडीबुटीदेखि तरकारीलगायतका वस्तु निर्यात गर्न सकिने उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरे बताउँछन् ।
काकडभिट्टाबाट फूलबारी बन्दरगाहको बाटो भएर जोडिने भएकाले बंगलादेशसँगको कारोबार पनि नजिकैबाट हुनेछ । अझ भारतको सिक्किम जोडिन लागेको मध्यपहाडी लोकमार्गको चिवाभन्ज्याङ खण्ड नजिकबाट जोडिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here