धनकुटाः धनकुटामा खोल्सामा मोटरसाइकल खस्दा एकको मृत्यु भएको छ ।
धनकुटाको चौबिसे गाउँपालिका–२ स्थित बतासे–शुक्रबारे भित्री कच्ची सडक खण्डको बतासे–फिमरे खोल्सीमा मोटरसाइकल खस्दा ढुङ्गामा ठोक्किएर ३० वर्षीय टेकबहादुर लिम्बूको मृत्यु भएको हो ।
टाउको ढुङ्गामा ठोक्किएर मृत्यु भएको अवस्थामा पैदलयात्रीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बिहीबार राति बजारबाट घरतर्फ जाने क्रममा को२८प ८०५२ नम्बरको मोटरसाइकलमा सवार उनी सडकबाट अन्दाजी ३ मिटर तल झर्दा उनको मृत्यु भएको अनुसन्धानको क्रममा खुल्न आएको छ । कानुनी प्रक्रिया तथा थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरीको टोली खटिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here