धरानः किरातीहरूको नयाँ वर्ष यलेदोङ ५०८० को अवसरमा यही माघ ३ गते धरानमा तेस्रो यले साँझ २०७६ हुने भएको छ ।
ब्लीङ्क इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने उक्त कार्यक्रम धरान–१२ स्थित पब्लिक स्कुलको खेल मैदानमा साँझ ४ बजेबाट सुरू हुने शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी गराएको छ ।
कार्यक्रममा नेपालकै चर्चित ब्याण्ड द एज ब्याण्ड र चर्चित स्ट्याण्ड अप कमेडियन सुजन जिम्बाको प्रस्तुति रहने व्लीङक इभेन्टका अध्यक्ष अमित राईले जनाए । यसका साथै स्थानीय ब्याण्ड तथा कलाकारहरुले समेत आफ्नो प्रस्तुति दिनेछन् । करिब १५ सय दर्शकहरू आउने अपेक्षा गरिएको कार्यक्रमको प्रवेश शुल्क ३ सय रूपैयाँ रहेको छ ।
कार्यक्रमबाट न्युनतम ५० हजार रुपैयाँ अनाथ बालबालिका तथा बृद्धबृद्धाहरुलाई सहयोग गरिने आयोजकले जनाएको छ । हरेक वर्ष विशेषगरी सामाजिक कार्यसँग जोडिदै यलम्बर साँझको आयोजना हुदै आएकोमा यसवर्ष कार्यक्रमको नाम परिवर्तन गरी यले साँझ राखिएको पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसका साथै कार्यक्रम मार्फत नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को अभियानलाई पनि साथ दिइने आयोजकले जनाए । व्लीङक इभेन्टले आफ्नो पहिलो कार्यक्रम प्रथम र दोस्रो यलम्वर साझ वाट उठेको रकम धरानका वोनम्यारो क्यान्सरपीडित नाइसा शाक्य उपचार्थ ५५ हजार ५ सय ५५ रुपैयाँ, एचआइभी संक्रमित तथा प्रभावित वालवालिका शिक्षाको लागि हातेमालो अक्षयकोषलाई ८० हजार रुपैयाँ र एकजना क्यान्सरपीडितलाई २५ हजार रुपैयाँ उपचारको लागि सहयोग प्रदान गरेको थियो । फोटोः लक्ष्मण थापा 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here