धरानः केहीदिनअघि मात्रै धरानमा चिया खुवाएर समाजसेवा गरे भनेर हाम्रो कोशी आवाज डटकममा समाचार सार्वजनिक भएपछि कामै गरेर समाजसेवा गरेको भनेर धेरैले प्रशंसा नै गरे ।
धरानकै कुरा गर्ने हो भने पनि समाजसेवी बनेर देखाउने होड वा लालच धेरैमा छ । अन्यसँग चन्दा माग्ने अनि समाजसेवा गर्ने पनि बग्रेल्ती नै छन्, अनि तिनै समाजमा फुर्र्ती लगाउँछन्–म समाजसेवी हुँ । तर स्वतस्फूर्तरूपमा काम गरेरै अर्थात् चिया बेचेरै समाजसेवा गर्नेलाई भने सलाम नै छ ।
शनिबार बिहानै झुल्के घामसँगै धरानको भानुचोकमा फेरि अर्को समूहले चिया पिलाउँदा सबैले धक नमानी पिए । चिया मात्रै पिएनन् सहयोग पनि गरे । गरिब तथा विपन्न अनाथ बालबालिकाहरुको सहयोगको लागि भन्दै चिया खुवाइएको हो । परिवर्तनको आशा नेपालले यस्तो अभियान शुरु गरेको हो । चियाको न्यूनतम मूल्य १५ रुपैयाँ राखिएको थियो तर सो रकम तिर्नैपर्छ भन्ने अडान नलिएको सचिव देवेन्द्र चोङवाङले बताए । ‘यो सामाजिक कार्य हो भनेपछि बुझे, अधिकांशले दिएरै गए’, उनले भने ।
ग्रामिण क्षेत्रका बालबालिकाको स्वास्थ्य शिक्षाको लागि सो रकम खर्चिने उनले बताए । यस अभियानमा साथ दिएको थियो धरानस्थित बराह ज्वेलरी, मारवाडी महिला मञ्च, होटल गजुर प्यालेस, होप धरान साथै थालनी बहुउद्देश्यीय सहकारीले ।
यसअघि ‘धरान डे’ को अवसरमा आयोजित ‘धरान महोत्सव’ मा समर्पण अभियान नेपालले चिया खुवाएर समाजसेवाको भावना देखाइसकेको छ । फोटोः हाम्रो कोशी आवाज डटकम 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here