धरानः भिजन फिटनेसको अयोजनामा संपन्न तेस्रो मि. भिजन शारिरिक सुगठन प्रतियोगिताको उपाधि विनोद नेपालीले उचालेका छन् ।
उनले उपाधि सहित नगद १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र हात पारे । विनोदले सहभागी ८ जनालाई पछि पार्र्दै उपाधि हात पारेका हुन् ।
भिजन फिटनसका सदस्यहरुलाई शारिरीक सुगठन खेलप्रति प्रोत्साहन गर्न आयोजित मि. भिजनको दोस्रो उपाधि धनबहादुर श्रेष्ठ र तेस्रो उपाधि सुरेन्द्र राईले जितेका छन् । दोस्रोले नगद १० हजार र तेस्रोले नगद ५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै, गरि चौथो मंजिल श्रेष्ठ, पाचौ रविन शाही र छैटौ सुरेस लिम्बू घोषित भए ।
उनीहरुलाई क्रमशः नगद ४ हजार, ३ हजार र २ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो । ५५, ६० र ६५ केजी तौल समूहका ९ जना प्रतिस्पर्धीबाट दोस्रो चरणमा ७ जना हुँदै फाइनल चरणका लागि ६ जना छनौट गरिएको थियो । प्रतियोगिताको मुख्य निर्णायक एशियन जज शिवु मुखिया रहेका थिए । उनलाई स्थानिय राष्ट्रिय निर्णायकहरुले सहयोग गरेका थिए । तेस्रो मि. भिजन कार्यक्रम भिजन फिटनेसनको चौथो प्रस्तुतिको रुपमा रहेको भिजन फिटनेसका प्रोप्राराइटर केशव श्रेष्ठले जनाए ।
यसअघि पहिलो प्रस्तुतिमा मि. धरानको आयोजना गरिसकेको उनले वताए । श्रेष्ठका अनुसार यस खेलप्रति युवाहरुलाई आकर्षण गर्न र व्यवसायिक बनाउन सहयोग पुरयाउन ३ वर्षअघिदेखि मि. भिजनको अयोजना सुरु गरेको हो । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान हङकङ मञ्चका पूर्व सचिव समाजसेवि चन्द्र सिंघक, विशेष अतिथि याक्थुम सिंघक फाउण्डेसन तह्रथुम अध्यक्ष मिना सिंघक, नायिका रेखा फागो लगायतले वितरण गरेका थिए ।
कार्यक्रममा क्यान्सर रोगले पीडित तेह्रथुम निवासी ११ वर्षीय जुमा मोसोहाङ लिम्बूको उपचार्थ सहयोग संकलन समेत गरिएको थियो । मिना सिंघकको संयोजनमा भइरहेको आर्थिक संकलनका लागि नायिका फागो आफै दर्शक दीर्घामा गएर सहयोग संकलन गरेकी थिइन् । कार्यक्रममा १७ हजार ४ सय ४५ रुपैयाँ संकलन भएको थियो ।
फोटोः विकास चाम्लिङ राई 

यसअघि धरानमै आयोजित प्रतियोगिताको भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here