सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिका–५ पिपलचोकस्थित भित्री सडक खण्डमा सेफ्टी टयाङ्की गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
सोमबार पौने १ बजेको समयमा को१ख ७१२१ नम्बरको सेप्टी टयाङ्की गाडीले साइकलयात्री इटहरी उपमहानगरपालिका–४ हलगडा बस्ने वर्ष २६ कि सुनिता कार्कीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएकी उनलाई उपचारको लागि विराट नर्सिङ होम अस्पताल लगिएकोमा उपचारको क्रममा दिउँसो पौने २ बजेको समयमा उनको मृत्यु भएको हो ।
सो सेफ्टी टयाङ्कीका चालक इटहरी–५ बस्ने वर्ष ३८ को राजन तोलाङ्गेलाई १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटना भएको समयमा सहचालकले चलाएको खुल्न आएपछि सहचालक रामधुनी ३ बस्ने वर्ष ४९ को प्रेमबहादुर खड्कालाई समेत नियन्त्रणमा लिइएको सो कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here