विश्वका कुनै पनि जातजातिको उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि हुन्छ । अझ आदिवासी हुनका लागि त पहिलो सर्त नै उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि हुनुपर्ने हुन्छ तर, नेपालमा आदिवासी जनजातिहरूले जातीय स्वपहिचानको माग गरेको धेरै लामो समयपछि (वि.सं २०५४ मा) नेपालका विभिन्न जातजातिमध्ये ६१ वटा जातिहरूलाई तत्ककालीन श्री ५ को सरकारले ‘जनजाति’ भनी जाति स्थानीय विकास मन्त्रालय मातहत रहने गरी गठन गरिएको ‘जनजाति विकास समिति’ अन्तर्गत सूचीकृत गरेको थियो भने वि.सं. २०५८ मा त्यसैको बृहत् रूप ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान’ गठन भएपछि ५९ जातिलाई आदिवासी जनजाति भनी सूचीकृत गरेको छ । र, सो सूची नै हालसम्म कायम रहेको छ । जसमा कुलुङ लगायत अन्य किराती जातिहरूलाई भने कथित राई ! जातिमा गाभिएको अवस्था छ ।
स्मरणीय छ, कुलुङ लगायत अन्य किरातीहरूको आ–आप्mनै भूमि, भाषा, संस्कार, संस्कृति, रीतिथिति, भेषभुषा, चालचलन परम्परागत कानुन, मूल्य–मान्यता आदिरहेको छ । अझ, कुलुङ जातिको त अभैm पनि उत्पत्ति थलो अर्थात ऐतिहासिक भूमि, वंश–परम्परा, आदि अनादिकालदेखि पुर्खाहरूले खाइखेली आएको खोलानाला, वनजङ्गल, अरूको भन्दा फरक र छुट्टै मातृभाषा, चाडपर्व, रहनसहन, संस्कार, संस्कृति, चालचलन, भेषभुषा, धर्म, जीवनचक्र, परम्परागत कानुन, हामी कुलुङ हौं भन्ने भावना, आपैmभित्र (कुलुङ–कुलुङबीचमै) विवाह गर्ने प्रचलन आदि रहेको छ । त्यसैले यहाँ कुलुङ जातिको उत्पत्तिथलो अर्थात् ऐतिहासिक भूमि ‘महा–कुलुङ’का र कुलुङ जातिबारेमा छोटकरीमा चर्चा गर्ने प्रयास गरिएको छ ।
वि.सं. २०४६ को राजनैतिक परिवर्तनसँगै आएको खुल्लापन, सूचना, सञ्चार र विज्ञान प्रविधिको विकाससँगै बाहिरी दुनियाँमा राई ! (खासमा कुलुङ जाति अलग्गै भए तापनि ) भनी चिनिन थालेका समुदाय पनि हुन् ‘कुलुङ ।’ वास्तवमा वि.सं. २०४६ को राजनैतिक परिवर्तन अघिसम्म केही विदेशी तथा स्वदेशी खोज–अनुसन्धानकर्ता तथा लेखकहरूबाहेक धेरै कमले मात्रै ‘महा–कुलुङ’ भूमि र कुलुङ जातिलाई चिन्दथे, जान्दथे ! भनी भन्न सकिन्छ । जतिले चिन्दथे, जान्दथे (उनीहरूले पनि राई ! वा कुलुङ राई ! भनी चिन्दथे, जान्दथे । तर, अहिले अवस्था त्यस्तो छैन । किनभने, वि.सं. २०६८ को ११ औं राष्ट्रिय जनगणनामा कुलुङको जातिको जनसंख्या २८ हजार ६ सय १३ र कुलुङ मातृभाषीको संख्या ३३ हजार १ सय ७० सहित छुट्टै जातिको रूपमा तथ्याङ्कमा आएको छ ।
त्यसैले यहाँ नेपालका प्राचीन जातिहरूमा पर्ने किरात महाजातिभित्रका एक जाति, कुलुङ जातिका बारेमा छोटो चर्चा गर्ने प्रयास गर्दै उनीहरूको उद्गथलो ‘महाकुलुङ’ भूमिलाई ‘महाकुलुङ सम्पदा पदयात्रा मार्ग (महाकुलुङ हेरिटेज ट्रेल’)’ को रूपमा पर्यटकीय हिसाबले विकास गर्न किन ढिला गर्ने ? भनी यहाँ एक चर्चा परिचर्चा गरिएको छ । अथवा भनौं छलफल र बहस होस् भनी केही लेख्ने जमर्को गरिएको छ । किनभने विगतमा तत्कालीन श्री ५ को सरकार तत्कालीन नेकपा (माओवादी) बीच चलिरहेको राजनैतिक द्वन्द्वकालमा रसुवामा ‘तामाङ सम्पदा पदमार्ग, तामाङ हेरिटेज ट्रेल’ निर्माण गरिएको थियो र छ । जुन सफल पनि भएको थियो र छ ।
जे होस्, पूरानो भौगौलिक विभाजनअनुसार सगरमाथा अञ्चल (हाल १ नम्बर प्रदेश) को सोलुखुम्बु जिल्लाको उत्तर–पूर्वी क्षेत्रको छेस्खाम, बुङ, गुदेल सत्तो (सोताङ), पावै आदि गाविसहरूलाई ‘महाकुलुङ भूमि’ भनी चिनिन्छ । कुलुङ समुदायको जीवन चक्रअनुसार यही पुस १५ गतेदेखि किरात सम्वत् (यले दोङ ५०८०) सुरु हुँदैछ । कुलुङ समुदायको जीवन चक्रअनुसार पहिलो महिनाको नाम ‘चाक्चाकूर’ हो । जस्तो कि विक्रम सम्वत्को पहिलो महिनाको नाम वैशाख भने झंै कुलुङ जीवनचक्रअनुसार यले दोङको पहिलो महिना हो ‘चाक्चाकूर ।’
हुन त महाकुलुङ क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन र पर्यटनसँग जोडेर सिङ्गो ‘महाकुलुङ’ क्षेत्रलाई आर्थिक विकासमा समेटेर लानका लागि महाकुलुङ गाउँपालिका (गापा) को गुदेलमा आन्तरिक विमानस्थल बनाउका लागि पहल भइरहेको छ । फलतः गत वर्ष त्यसका लागि सर्भेको काम र स्थानीयवासीहरुका लागि पूर्व सुसूचित हुने अधिकारका लागि (सूचना निकाल्ने काम) समेत भइसकेको छ । त्यसो त धेरै लामो समयसम्म सडक सञ्जालले नछोएको महाकुलुङ क्षेत्रलाई हाल कच्ची सडकले पनि छोएको छ ।
जे होस्, कुलुङ जातिभित्रै विभिन्न भाषिका छ । थर र उपथरहरू पनि छ । त्यस्तै, ऐतिहासिक र परम्परागत भूमि छ भन्ने त माथि नै वर्णन गरिसकियो । त्यसबाहेक जसरी अरु समुदायमा आफ्नै जातिभित्र विवाहवारी गर्नका लागि थर र उपथरहरु रहेको हुन्छ । कुलुङहरु आफ्नै कुलुङ जातिभित्र विवाहवारी गर्ने गर्छन् । बाहिरियाहरुले स्थानीय कुलुङ बूढापाकासँग कुराकानी हुँदा उनीहरुलाई दोभाषे चाहिन्छ । अर्थात् गैर आदिवासीहरुसँग कुलुङ बूढापाकाहरु खस (नेपाली) भाषामा दोहोरो सम्वाद गर्न सक्दैनन् । महाकुलुङ क्षेत्रमा भाषा, संस्कार, रीतिरिवाज, भेषभुषा, रहनसहन, कला, संस्कृति आदि जीवित रहे तापनि आधुनिक विकासले भने अपेक्षित गति लिन सकेन ।
महाकुलुङ क्षेत्र किन एकल जातीय वस्ती भयो ? समाजशास्त्रीय भाषामा “इन्डोग्यामस” पनि भनिने कुलुङ जातिको मात्रै एकल जातीय बसोवास कसरी संभव भयो, महाकुलुङ क्षेत्रमा ?, नेपालको सन्दर्भमा नृवंशशास्त्री, जातिशास्त्री, मानवशास्त्री, समाजशास्त्री, भाषाशास्त्री, संस्कृतिविद लगायत अन्य खोज अनुसन्धानकर्ताहरुका लागि खोज अनुसन्धान गर्नका लागि एक रोचक विषय हुन सक्छ । त्यसो त मानव सभ्यता ढुङ्गेयुग हुँदै शिकारी युग अनि कृषि युगमा प्रवेश गरेको मानिन्छ भने हाल मेसिन अर्थात् औद्योगिक युग चलिरहेको छ । हुन त हाल सुपर सोनिक हुँदै हाइपर सोनिकमा युगमा पुगेको मान्नेहरू पनि कम छैनन् । निश्चय नै विज्ञान प्रविधिले फड्को मारेकै हो ।
तर, सुन्ने मान्छेहरूलाई (खासगरी छुत–अछूत मान्ने समाजमा हर्के। बढेकाहरूलाई) अचम्म लाग्ने विषय के हो भने, केही समय अघिसम्म कुलुङ समुदायका मान्छेहरू आफैले आफ्नो समुदायलाई चाहिने विभिन्न कृषिजन्य घरायसी माल सामानहरू बनाउने गर्थे । जस्तैः शिकार खेल्न चाहिने बन्दुक, भाला आदि अनि कृषिका लागि चाहिने कोदालो, कुटो, फाली त्यस्तै घरायसी प्रयोगका भाँडाकुँडाहरू पनि कुलुङ समुदायभित्रकै विभिन्न थरका कुलुङहरूले नै बनाउँथे । जस्तै गोक्तुलु, मोरोखु, वारोखु थरका कुलुङहरूले नै त्यस्ता सामग्रीहरु बनाउँथे । तर, कुलुङ जातिमा कामकै आधारमा छुवाछूत गर्ने प्रचलन भने थिएन । हुन पनि यस पंक्तिकासँगको भेटमा पहिले महाकुलुङ गुदेल गाविसको चाचालुङ बसेका र, हाल बुङमा बसाई सरेर आएका रामकाजी सेन्च्युरी (विक) आफैले तत्कालीन गुदेल गाविसको चाचालुङ गाउँमा एक मोरोखु थर (थरलाई कुलुङहरू पाछा भन्छन्) का मान्छेले बटुका बनाएको देखेको र फलाम, तामा आदि कुट्दा पाता अढ्याउने (कुलुङ भाषामा लिङ, लिङ्खो, लिक्खो) देखेको बताउँछन् ।
यसरी हेर्दा जसरी रसुवा जिल्लाको ब्रिदिम, थोङमेन, तातोपानी आदि क्षेत्रलाई समेटेर तामा हेरिटेज ट्रेल बनाइएको थियो, त्यसरी नै छेस्खाम, बुङ, गुदेल सत्तो (सोताङ), पावै आदि गाउँहरुलाई समेटेर ‘महाकुलुङ हेरिटेज ट्रेल’ बनाउनुपर्ने देखिन्छ । यसका लागि विभिन्न राजनैतिक दलमा लागेका स्थानीय र राष्ट्रियस्तरका कुलुङ समुदायका विभिन्न नेताहरू, कार्यकर्ताहरू र कुलुङ समुदायका बुद्धीजीवीहरू र कुलुङ समुदायका सामाजिक अभियन्ता आदि लागि पर्नुपर्ने देखिन्छ । यो लेख तयार पार्नुको खास मकसद पनि यही नै हो । -ninamkirat123@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here