धनकुटाः धनकुटामा नगरपालिकाको सहयोगमा गोरु जुधाइने भएको छ ।
माघेसंक्रन्ति पर्वको अवसरमा धनकुटाको पाख्रीवास नगरपालिका–७ मुगामा गोरु जुधाइ र पोल चढी प्रतियोगिता आयोजना हुने भएको आयोजक प्रगतिशिल सेवा समाज पाख्रीबासले जनाएको छ । पाख्रीवास नगरपालिकाको सहयोगमामा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । पुराना खेलहरुको पुर्नताजगी गराउँदै खेल प्रति नयाँ पुस्ताको अभिरुची वृद्धि गर्ने लक्षका साथ गत वर्षदेखि यो प्रतियोगिता आयोजना गर्न थालिएको हो । जसअनुसार सय वर्षको प्रतियोगितामा प्रतिष्पर्धाका लागि हालसम्म ५ वटा गोरु दर्ता भइसकेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार नगद रु २५ हजार, दोश्रो नगद रु १० हजार र तेश्रो पुरस्कार नगद रु ५ हजार रहेको आयोजक संस्थाका अध्यक्ष गोपाल विश्वकर्माले जनाकारी गराए । पोल चढी प्रतियोगिताका विजयीले भने नगद रु २ हजार पुरस्कार प्राप्त गर्नेछ । सोही अवसरमा त्यहाँ किराँत समुुदायको ढोल नाच, तामाङ समुदायको तामाङ सेलो र मारुनी, संगीनी लगायतका नाच प्रर्दशन गरिने जनाइएको छ ।
यसैबीच प्रतियोगिता सञ्चालन हुने स्थानमा अहिले साढे गोरुको मूर्ति समेत निर्माण भइरहेको समाजका सचिव शंकर विश्वकर्माले बताए । आगामी वर्षदेखि त्यहाँ कर्वडी, कुस्ती लगायतका खेलहरु समेत सञ्चालन गर्ने समाजको योजना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here