धरानः धरान–५ मा बच्चाको ज्योति गुमेपछि धरानका टवीन्सले ४२ हजार बढी सहयोग गरेका छन् ।
टवीन्स क्लबको सहायतामा ४२ हजार ३ सय ३५ रूपैयाँ दिइएको हो । धरानका टवीन्स राम कार्की र लक्ष्मण कार्कीको संयोजकत्वमा सो रकम घरमै पुगेर प्रदान गरिएको हो । रकम प्रदान गर्ने कार्यक्रममा नेहा श्रेष्ठ, अजय दास, जय दासको टोली पुगेको थियो ।
धरान–५ खैरेनीका ३४ वर्षीय दीपेश र २० वर्षीया सपना सार्कीका गत साउनमा जुम्ल्याहा छोरी जन्मिएका थिए । एउटा छोरीको ५ दिनमा मृत्यु भयो भने अर्कीलाई ५८ दिन इनआइसियुमा राखेर बचाएका थिए । काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेज जोरपाटीको अस्पतालमा ५८ दिन राखेर घर ल्याएपनि एनआइसियुको लाइटले आँखाको ज्योति गुमेको तिलगंगा आँखा अस्पतालले जनाएपछि दीपेशको परिवार समस्यामा परेको छ ।
न्यून आय भएका उनीहरूले ऋण काढेर छोरी बचाएका थिए । तर चाँडै भारतको चेन्नाइस्थित आँखा अस्पतालमा लगे ज्योति फर्कन सक्ने बताएपछि उनीहरूमाथि आर्थिक समस्या परेको थियो । अस्पतालमा उपचार गर्न २ लाख ५० हजार लाग्ने बताएको तर आफूसँग पैसा नभएकाले छोरीको आँखाको ज्योति बचाउन सहयोग गर्न उनीहरूले सबैसँग याचना गरेका थिइन् । मिडियामा समाचार आएको थाहा पाएपछि जुम्ल्याहा दाजुभाइलगायत देशभरका जुम्ल्याहाले सहयोगको हात अघि बढाएका थिए । दीपेशले एनआइसी एशियाको दीपेश नेपाली सार्कीको नाममा रहेको खाता नं. इ-८८७०११३२३१५२४0१ मा सहयोग गर्न सबैसँग आग्रह गरेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here