धरानः इलाका प्रहरी कार्यालय धरानले लागूऔषधसहित पक्राउ गर्ने क्रम जारी छ ।
लागूऔषध बिक्री वितरण ओसारपसार गरिरहेको अवस्थामा धरान–८ का ३७ को दिवस बस्नेत क्षेत्रीलाई पक्राउ गरिएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । २७ गते आइतबार राति ८ बजे धरान–८ स्थित दुर्गाचोकमा सडक खण्डमा कम्मरको भागमा पाइन्टको पेटीले च्यापी कालो प्लाष्टिकले बेरी सेतो पानी टेपले बाँधेको अवस्थामा एभिल ६० एम्पुल, डाइजेल्याब ६० एम्पुल र लुपिजेसिक ६० एम्पुल गरी जम्मा १८० एम्पुल फेला परेको उनको भनाइ छ । उनीमाथि लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट थुनामा राख्न म्याद थप अनुमती लिइ अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here