धरानः झापाको बाह्रदर्शीगाउँपालिका–३ स्थित राजगढ बजारमा सोही गाउँपालिका–४ चकचकी बस्ने स्थानीय व्यापारी अरफाक आलमसँग नक्कली प्रहरी बनेर ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
सोमबार दिउँसो साढे १२ बजेको समयमा गौरीगंञ्ज गाउँपालिका–१ बस्ने वर्ष २८ को पर्शुराम महतो र सोही गाउँपालिका–३ बस्ने वर्ष २० को जीवनदासले आफूहरु १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको सिआइबी प्रहरी भएको भन्दै आलमसँग ७ हजार रुपैयाँ असुली गरेका थिए ।
घटनाबारेमा स्थानीयलाई शंका लागेपछि इलाका प्रहरी कर्यालय राजगढमा खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ स्थान तर्फ खटिएको प्रहरीको टोलीले दुवैजनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा पुरयाएको छ भने घटनाबारेमा थप अनुसन्धान कार्य भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरकासूचना समन्वय अधिकृत प्रहरी वरिष्ठ उपरीक्षक शेखर कोइरालाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here