धरानः धरानमा तेस्रो तेस्रो नेपाल च्याम्पियन खुल्ला राष्ट्रव्यापी शारिरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ । विजेताले यसपटक २ लाख ५० हजार रूपैयाँ पाउने भएका छन् ।
अघिल्लो वर्षभन्दा एक लाख पचास हजार रूपैयाँ राशीको पुरस्कार बढाएर यस वर्ष २ लाख ५० हजार रूपैयाँ बनाइएको आयोजकले जनाएको छ । यस वर्ष ओभरअल समूहमा प्रथम हुनेले सो रकम पाउने भएको हो ।
संस्थाका अध्यक्ष विक्रम लिम्बूले आगामी फागुन ३० देखि चैत १ गतेसम्म प्रतियोगिता हुन लागेको जानकारी दिए । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा प्रत्येक वजन समूहमा प्रथम, दोस्रो, तेस्रो हुनेलाई ट्रफी, कप, मेडल र प्रमाणपत्र दिइने उनले बताए । सचिव हिमाल श्रेष्ठका अनुसार यस वर्ष ओभरअल समूहमा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौ, छैटौं हुनेलाई क्रमशः १ लाख, ५० हजार, ४० हजार, ३० हजार र २५ हजार गद पुरस्कार प्रदान गरिनेछ । यस्तै, अन्य विजेतालाई जनही ५ हजार प्रदान गरिने उनले बताए ।
प्रतियोगिताको पहिलो दिन प्रिजजिङ राउण्डमा एक वजन समूहबाट जम्मा ६ जनामात्र खेलाडी छनौट गरिने गरिनेछ भने प्रत्येक वजन समूहबाट जम्मा ६ वटा वजन समूह गरी जम्मा ३६ जना खेलाडीले फाइनलमा भिड्नेछन् ।
प्रतियोगितामा सहभागी हुन खेलाडीलाई जनही एक हजार रुपैयाँ शुल्क लिइने आयोजकले जनाएको छ । फोटोः लक्ष्मण थापा 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here