धरानः धरानमा लिम्बू समुदायहरूले कम्फेक्वा तङनाम मनाएका छन् ।
सुनसरी उद्योग वाणिज्य संघमा भेला भएर उनीहरूले शुभकामना आदानप्रदानसँगै कन्फेक्वा तङनाम अर्थात् यले तङवे ५०८० मनाएका हुन् ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेकपाका १ नं. प्रदेश इन्चार्ज एवम् पूर्व मन्त्री भीम आचार्यले नेपाल विविधताले धनी रहेको बताए । उनले पहिचानको लोप भएर जाला भन्ने चिन्ता सबैमा रहेको बताउँदै संस्कार संस्कृति जोगाएर जानुपर्ने धारणा राखे । उनले किरात जातिभन्दा पनि सभ्यता भएको बताउँदै छलफल, सहमतिबाट किरातको नाम लिएर प्रदेशको नाम राख्न सकिने तर नबुझेर धेरैले जातितर्फ धकेलेको उनको भनाइ थियो ।
‘किरात बाहुन, क्षेत्री र राई लिम्बू सबैको साझा सभ्यता हो’ उनले भने । संघीयता आएपछि चाहिँ सबै देशबासीको समस्या चट बन्ने सबैले बुझेको तर यो शासन प्रणाली भएको उनको कथन थियो । ‘संघीयता भनेको सहभागितामूलक शासन नै हो’, उनले थपे ।
कार्यक्रममा लिम्बुवान राष्ट्रिय मोर्चा नेपालका अध्यक्ष मुक्सामहाङ मेन्याङ्बोको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का संसदीय दलका उपनेता टंक आङबुहाङ, पूर्व मन्त्री रामकुमारी चौधरी, नेकपाका जिल्ला सचिव रमेश बस्नेत, कियाचुका धु्रवकुमार मेन्याङ्बो, नेता सालिक सताशक राईलगायतले बोलेका थिए । फोटोः लक्ष्मण थापा 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here