धरानः चलचित्रकर्मी महासंघ प्रदेश १ अन्तर्गत चलचित्रकर्मी संघ मोरङ कार्यसमिति सहित विभिन्न जातीय उपसमिति गठन भएको छ ।
इटहरीको तालतलैयामा वनभोज कार्यक्रमसहित सो समिति गठन भएको हो । वनभोज कार्यक्रममा प्रदेश १ भरिका कलाकारहरूको उपस्थिति थियो । प्रदेश १ मा रहेर नेपाली चलचित्र क्षेत्रमा लागेका सम्पूर्ण कलाकारहरुको हकहितको निम्ति गठित चलचित्र महासंघ प्रदेश १ गठन गरिएको र त्यही अन्तर्गत चलचित्रकर्मी संघ मोरङ कार्यसमिति र जातीय उपसमिति गठन गरिएको महासंघका संयोजक अरुण कुमार प्रधानले जानकारी दिए ।
चलचित्रकर्मी निरोज गौतमको अध्यक्षतामा डिभि बस्नेत, प्रवलदीप विश्वास, निलम चौधरी, त्रिविक्रम कोइराला, डा. विनोद श्रेष्ठ, नितिन गजुरेल, सम्झना पोखरेल सहितको सदस्यतामा गठन भएको संघ मोरङ कार्यसमिति (तदर्थ समिति) मा वरिष्ठ सल्लाहकारमा रामा मन्डल, इन्द्र परियार, केशव रायमाझी रहेका छन् । यसैगरी दीपनारायण राजवंशीको अध्यक्षतामा राजु राजदेव चौधरी, भोगेन्द्र याम्फु राई, सचिवमा हेमन योन्जन, स सचिवमा हुदुवा खवास, कोषाध्यक्ष राजेन्द्र भगत, सदस्यहरुमा अजय सरदार, अपील चौधरी, सन्तोश राजवंसी, सविता चौधरी, विक्रम याम्फु, मनिता तामाङ रहेका छन् ।
चलचित्रकर्मी महासंघ आदिवासी जनजाति चलचित्रकर्मी संघ कार्यसमिति वरिष्ठ सल्लाहकारमा लाखमान योन्जन, लक्ष्मीनारायण चौधरी छन् । यसैगरी दलित चलचित्रकर्मी संघ कार्यसमिति समिति समेत गठन भएको छ । जसको संयोजन इन्द्रबहादुर परियार रहेका छन् भने सह संयोजक राकेश दर्नाल रहेका छन् । सदस्य थपा गर्ने गरी सदस्यहरुमा विनोद विश्वकर्मा, नवराज त्रिखत्री रहेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here