धरानः धरान उपमहानगरपालिकाको बजेटले धरानका स्कुल स्कुलमा छुवाछुतविरुद्ध अभियान चलाइएको छ ।
छुवाछुत तथा जातीय भेदभावको अन्त्य गर्न विद्यालयका बालबालिकाहरुमा जनचेतना जगाउने उद्देश्यले दलित विकास समिति धरान उपमहानगरपालिकाले छुवाछुतविरुद्ध स्कुल स्कुल अभियान सञ्चालन गरेको हो ।
धरान उपमहानगरपालिकाको आ.व.२०७६।०७७ बजेटअन्तर्गत दलित समुदायको क्षमता विकास कार्यक्रम छुवाछुतविरुद्ध स्कुल स्कुल अभियान धरानका १० वटा सामुदायिक विद्यालयमा सञ्चालन गर्न लागिएको समितिका संयोजक तथा कार्यपालिका सदस्य किशोर परियारले जानकारी दिए । उनले विद्यार्थीहरू परिवर्तनका पक्षधर भएको र बालबालिकादेखि नै मान्छे मान्छेबीच विभेद गर्नु हुँदैन भन्ने भावना विकास गराउन अभियान महत्वपूर्ण हुने बताए ।
माघ ३ गते धरान १६ स्थित पञ्चायत आधारभूत विद्यालयबाट अभियानको शुरुवात गरिएको समितिका सदस्यसचिव तारा लामगादेले जानकारी दिएका छन् । कक्षा १ देखि ८ कक्षासम्मका विद्यार्थी, विद्यालयका शिक्षक, कर्मचारी, अभिभावकसहित विद्यालयमा एक घण्टीमा सचेतना अभियान अन्तर्गत कार्यक्रम गरिएको हो ।
समयमा सदस्य सचिव लामगादेले जात व्यवस्थाको अन्त्य गर्न सबै सचेत नागरिक एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिम मुलुकी अपराध (संहिता) ऐन, २०७४ को भाग २, परिच्छेद १० मा भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसूरको दफा १६० मा भेदभावपूर्ण व्यवहार गर्न नहुने कानुन बनेको छ । भेदभाव गरेमा ३ वर्ष कैद वा ३० हजार जरिवानाको व्यवस्था गरिएको छ ।’ यही व्यवस्था सबैलाई जानकारी दिन विद्यालयमा अभियान सञ्चालन गरिएको हो ।’
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईले धरानका ४९ वटा सामुदायिक विद्यालयमा यस प्रकारको कार्यक्रम सञ्चालन गर्नुपर्ने महशुस गरेको बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रअ भट्टराईले विद्यालयमा आफूहरुलाई थाहा नभएका विषयसमेत प्रष्ट भएको र अतिरिक्त क्रियाकलापअन्तर्गत कार्यक्रम भएकोमा खुशी लागेको बताए ।
कार्यक्रममा हाँस्यकलाकार बिनोद रसाइली ‘जुरेली’ ले विभिन्न नेता तथा चर्चित कलाकारहरुको अभिनय र्दै जातीय भेदभाव र छुवाछुतको अन्त्य गर्ने अभियानमा एकजुट हुन विद्यार्थीहरुलाई उत्प्रेणा दिएका थिए । दलित विकास समितिका सदस्य धनबहादुर हमालले कार्यक्रमको सञ्चालन गरेका थिए भने पञ्चायत आधारभूत विद्यालयकी सहायक प्रअ रमा लिम्बू, दलित विकास समितिका सदस्य रामधारी बासफोर, रामकुमार दास लगायतको समेत उपस्थिति रहेको थियो ।
बच्चाको जन्मदर्ता गराउँदा नामको पछाडि थर लेख्दा ध्यान पु¥याउनु पर्ने, थरको स्थानमा जात लेखाउँदा पछि सच्याउने झण्जटबाट मुक्त हुने जसले विद्यालय भर्ना र नागरिकतामा समेत प्रभाव पार्ने भन्दै राज्यले दलित वर्गका विद्यार्थीलाई उच्च शिक्षासम्म निशुल्क घोषणा गरेको हुनाले कुनै पनि विद्यालयले दलित विद्यार्थीसँग शुल्क लिन नहुने कुराको कार्यान्वयन गराउन समेत ध्यानाकषर्ण गराउँदै छुवाछुत विरुद्ध स्कूल स्कूल अभियान दलित विकास समितिले सञ्चालन गरेको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here