ताप्लेजुङः लिम्बू पत्रकार संघ ताप्लेजुुङमा कृष्ण फुरुङ्बोको अध्यक्षतामा सात सदस्यीय कार्य समिति गठन भएको छ ।
सदरमुुकाम फुुङलिङमा शुुक्रबार भएको लिम्बू पत्रकार संघको तेस्रो जिल्ला अधिवेशनबाट समिति गठन भएको हो । फुरुङ्गो उज्यालो दैनिकमा आवद्ध छन् । फक्ताङलुुङ दर्पण साप्ताहिक पत्रिकाका प्रकाशक तथा हाम्रो कोशी आवाज डटकम, नेपाल समाचारपत्रका जिल्ला संवादाता दिलकुुमार लिम्बू उपाध्यक्ष, उज्यालो पोष्ट दैनिकमा आवद्ध टिका याक्यो सचिव, कोषाध्यक्षमा रेडियो तामोरका कार्यकम प्रस्तोता मनुु माबो र सदस्यमा रेडियो ताप्लेजुुङमा आवद्ध उदय खुुदाङ, फक्ताङलुुङ दर्पण साप्ताहिक पत्रिकाकामा आवद्ध अनिता पन्दाक र रैडियो तमोरमा आवद्ध कल्पाना लिङखिम गरी सात जनाको कार्यसमिति गठन भएको हो ।
त्यसैगरी केन्द्रिय प्रतिनिधीमा अमृता थलङ, गंगा लिङखिम, आलोक माबोहाङ, बसन्त पालुुङवा र साहारा लंवा चयन भए । लिम्बू जातिहरुको लोप हुँुदै गएको भाषा, लिपी, संकृतिलाई संरक्षण तथा सम्वद्र्धन र लिम्बू जातिकौ क्षेत्रमा पत्रकारिताको विकास गर्न साथै देशको विकासको लागि सकारात्मक कलम चलाउन लिम्बू पत्रकार संघको गठन भएको केन्द्रिय उपाध्यक्ष विजबोध लावतीले बताए । केन्दिय महासचिब मिलन लिम्बू, केन्द्रिय सचिव दिनेश सुुब्बा, केन्द्रिय सचिव माला पालुुङवा र केन्दिय सल्हाकार चन्द्र पन्दाक प्रयास शुुभकामना ब्यक्त गरेका थिए । केन्द्रिय सदस्य दिनेश लिङखिमले कार्यक्रमको संयोजक गरेको थियो । कार्यक्रममा भिन्न जनजाति संघ संस्थाका प्रमुुख तथा पत्रकार संगठनका प्रतिनिधिहरु उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here