धरानः चर्चित गायन रियालिटी सो द भ्वाइस अफ नेपालको टिम धरान आउने भएका छन् ।
यही माघ २४ गते उनीहरू धरान आउन लागेका हुन् । द भ्वाइस अफ नेपालको पूर्व टुरअन्तर्गत धरानमा हुने भ्वाइस अफ नेपाल सिजन २ फाइनलिस्ट म्युजिकल कन्सर्टको लागि सम्पूर्ण टिम धरान आउने भएको हो ।
धरान–१२ मा रहेको पब्लिक हाइस्कुलको खेल मैदानमा हुने कन्सर्टमा भ्वाइस अफ नेपाल सिजन २ को बिजेता राम लिम्बूको साथमा आरिफ राउफ, सनिष श्रेष्ठ, विकास लिम्बू, टप–८ मा पर्न सफल याङ्की यल्मो र टप १० मा अटाएकी अञ्जु राना मगरको प्रस्तुति रहनेछ । लाइभ हुने कन्सर्टमा सम्पूर्ण गायकहरूलाई सङ्गीतका लागि प्रोजेक्ट डी ब्याण्डले ब्याकअप दिनेछन् । कन्सर्टको उद्घोषण भ्वाइस अफ नेपालका उद्घोषक सुशील नेपालले नै गर्नेछन् ।
साँझको ५ बजेबाट सुरू हुने कार्यक्रमको सुरूवात अन्जु राणा मगर र याङ्की यल्मोको प्रस्तुतिबाट हुनेछ । त्यसपछि क्रमशः अरिफ राउत, विकास लिम्बू, सनिश श्रेष्ठ हुँदै अन्त्यमा भ्वाइस अफ नेपाल सिजन २ बिजेता रामको प्रस्तुति रहनेछ । उनीहरूको लगातार ३ घण्टाको प्रस्तुतिपछि डिजे मलिक स्याडोको डिजेइङ रहनेछ ।
कार्यक्रममा उठेको रकमबाट ३० हजार नगद धरान–१३ निवासी रुद्र बस्नेतलाई सहयोग गरिने भएको छ । बस्नेत स्नायु प्रणाली सम्बन्धी रोगबाट ग्रस्त रहेका छन् । उनको उपचारमा सहयोग पुरयाउनका लागि सो रकम सहयोग गर्न लागिएको हो । कार्यक्रम रेडियो धरान ८८.८ मेगाहर्जको आयोजनामा हुन लागेको हो । advt.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here