धरानः २० औं अन्तर वडास्तरीय गोधुली रनिङकपको उपाधि धरान–१७ ले जितेको छ ।
उपाधिसँगै धरान–१७ ले उपाधिमाथि ह्याट्रिक पूरा गरेको छ । १८ औं गोधुलीपछि धरान–१७ ले एकछत्र जित हासिल गरिरहेको हो । शनिबारको फाइनल खेलमा धरान–१७ ले धरान–१६ लाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै उसले नगद एक लाख ११ हजार १ सय ११ रूपैयाँ पनि जित्यो ।
उपबिजेता बनेको धरान–१६ ले नगद ५५ हजार ५ सय ५५ रूपैयाँ पाएको छ । निर्धारित समयमा एक एक गोल मात्रै भएपछि ट्राइबेकरको सहारा लिनुपरेको थियो । दोस्रो हाफको १४ औं मिनेटमा धरान–१७ का सौजन राईले गोल गरेपछि धरान–१६ का मनिष बस्नेतले २७ औं मिनेटमा गोल गरेपछि बराबरीमा खेल रोकिएको थियो ।
ट्राइब्रेकरमा धरान–१७ ले ५ गोल गरेको छ भने १६ ले ४ गोल मात्रै गरेको थियो । खेलको म्यान अफ दि म्याच धरान–१६ का मनिष बस्नेत घोषित भएर उनले नगद ५५ सय पाए । त्यस्तै, वेष्ट किपर धरान–१७ का सुजन राई घोषित भए उनले पनि नगद ५५ सय नै पाए । उनी गोल रोक्न सफल भएपछि रोएका पनि थिए । किनकी उनले नै गोल रोकेपछि धरान–१७ जित्न सफल बनेको थियो । जित हात पारेपछि उनी हर्षका आँशु खसाल्दै रोएका हुन् ।
खेलको वेष्ट डिफेन्स धरान–१६ का जलन सुब्बा, वेष्ट मिड फिल्डर धरान–१७ सुविन्द्र राई, ६ गोल गर्दै धरान–१७ का मिलन राई धेरै गोलकर्ताका रुपमा ७ हजार ५ सय पाए । राइजिङ खेलाडी धरान–१७ का कृष्ण राई घोषित भए । योगेन राई बेष्टकोच, वेष्ट प्लेयर धरान–१७ का मिलन राई घोषित भए ।
कार्यक्रममा धरानका मेयर प्रमुख तिलक राई, एन्फाका मानार्थ केन्द्रीय उपाध्यक्ष किशोर राई, आयोजक गोधुली क्लबका अध्यक्ष देशकुमार राई, एन्फा जिल्ला अध्यक्ष केशव कार्की, वडाअध्यक्ष मनोज भट्टराई, दिलकुमार गिरी, बराहका प्रमुख प्रशासकीय अधिकृत गंगा कालिकोटेलगायतले पुरस्कार वितरण गरे । कार्यक्रममा १३ औं सागमा नेपाललाई फुटबलमा स्वर्ण पदक दिलाउने टिमका सदस्य तथा वडा १७ निवासी खेलाडी हेमन्त थापा मगर र बास्केटबलमा कास्यपदक दिलाउने कोच विकास चाम्लिङ राईलाई सम्मान गरेको थियो ।
फोटोः लक्ष्मण थापा 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here