आरोहण निरौला
सर्वप्रथम लागूऔषधको बारेमा प्रष्ट्याउन चाहन्छु । मानिसहरूलाई नशामा डुबाएर लठ्याउने पदार्थ नै लागूपदार्थ हो । लागूऔषधले आजको हाम्रो समाजमा धेरै विकृतिहरू फैल्याएको छ । यही लागूऔषधले गर्दा आजको हाम्रो समाजका मानिसहरूले आफ्नो काम र कर्तव्यहरू बिर्सिसकेका छन् । लागूऔषध कुलतका कारण आजको समाजका मानिसहरूले के सही र के गलत छुट्याउन सकिरहेका छैनन् । जसको कारण समाजमा अनैतिक कामहरू गर्न थालेका छन् । अझ भन्ने हो भने आजका युवा र विद्यार्थीको ठूलो दुश्मन भनेको लागू औषध हो । लागूऔषधको कारणले समाजको विकासमा प्रत्यक्ष–अप्रत्यक्ष असर परिरहेको छ ।
यस्ता समस्याहरूलाई न्युनीकरण गर्दै समाधान गर्न विद्यार्थीले ठूलो भूमिका निर्वाह गर्न सक्छन् । विद्यार्थीले चाहने हो भने लागूऔषध दुव्र्यसनको समस्या जरैदेखि उन्मुलन गर्न सक्छन् । विद्यार्थीहरू समाज परिवर्तनका संवाहक पनि हुन् । समाजमा रहेका विभिन्न संघसंस्थाहरू भन्दा विद्यार्थीले यी समस्याहरू समाधान गर्न सक्छन् ।
सशक्त भूमिका निर्वाह गर्न सक्छन् । लागूऔषध न्युनीकरणमा विद्यार्थीहरूले समाजलाई जागरुक बनाउँदै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ठूलो भूमिका निर्वाह गर्न सक्छन् । अन्य मानिसभन्दा विद्यार्थीले फैलाउने जनचेतनामा फरक हुन्छ । संघसंस्थाले फैलाउने जनचेतना भनेको पत्रपत्रिकामा छाप्नका लागि मात्रै पनि हुन् सक्छ तर विद्यार्थीले फैलाउने जनचेतना भनेको उपलब्धि हासिल गर्ने प्रकारको हुन्छ । आजका विद्यार्थीहरू आफ्नो कर्तव्य बिर्सिएर लागूऔषध दुव्र्यसनमा फँस्ने गरेका छन् ।
समाजमा विकराल समस्याको रूप लिइरहेको लागूऔषध समस्या थाहा पाएर पनि थाहा नपाएजस्तो गरी बस्ने मानिसहरूलाई विद्यार्थीले आँखा खोलिदिन सक्छन् । अन्त्यमा आजका विद्यार्थीहरू आफैमा सचेत हुन सके मात्र हाम्रो नेपालको भविष्य सुन्दर हुन सक्छ भन्ने मलाई लाग्दछ ।
विष्णु मेमोरियल मावि, धरान–९

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here