धरानः तोकिएको उपलब्धिस्तर हासिल गराउन नसके सरकारी विद्यालयका शिक्षकहरूको जागिर चट हुने नै भएको छ ।
आफूले पढाउने कक्षा र विषयमा विद्यार्थीको उपलब्धिस्तर नसुधारे उनीहरूको जागिर चट हुने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको शिक्षा ऐनको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो । मस्यौदामा पदीय दायित्व पूरा नगर्ने, बिना सूचना लगातार १५ दिनभन्दा बढी समय विद्यालयमा अनुपस्थित रहेमा वा विद्यालयमा मादक पदार्थ सेवन गरी आए पदबाट हट्ने उल्लेख छ ।
कुनैपनि दलेशको स्थायी आवासीय अनुमतिपत्र (डिभि, पिआर) लिएको प्रमाणित भएमा वा राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको प्रमाणित भएमा पनि शिक्षक कर्मचारीले जागिर गुमाउने मस्यौदामा उल्लेख गरिएको छ । तोकिएको अधिकारीको स्वीकृति नलिइ खटिएको विद्यालय बाहेक अन्यत्र शिक्षण वा प्रशिक्षण कार्य गरेमा पनि शिक्षकहरु बर्खास्तीमा पर्ने भएका हुन् ।
यस्तै, मस्यौदामा स्पष्टीकरणः खण्डमा राजनीतिक दलको कार्यकारिणी समिति’ भन्नाले दलको विधान बमोजिम गठित संघीयस्तर, प्रदेशस्तर, जिल्लास्तर वा स्थानीयस्तरका कार्यकारिणी समिति बुझिने स्पष्ट पारिएको छ । ऐनको मस्यौदामा परिच्छेद ६ को दफा ५९ को उपदफा २ को (ज) मा यस्तो व्यवस्था गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here