धरानः धरान–१८ स्थित कार्मेल हाइस्कुलको आफ्नै शान रहेको छ । निजी क्षेत्रबाट सञ्चालित कार्मेल हाइस्कुलरसुक्ष्म शिशु सदनको पनि छुट्टै पहिचान पनि छ ।
‘गुणस्तरीय शिक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारालाई आत्मसात् गर्दै कक्षा–१० सम्म अध्ययन अध्यापन हुने विद्यालय ५० जना विद्यार्थीबाट शुरु भएको हो । हाल लगभग ९ सय सयको हाराहारीमा विद्यार्थी अध्ययनरत् छन् । विद्यार्थी एसएलसी वा एसइइमा सहभागी भएर देशविदेश पुगेर अहिले नेपालकै उच्च पदहरूमा समेत पुगिसकेको उनी बताउँछन् । ‘लाहुरेले भए पेन्सन पकाएर फर्किसक्थे र केही गर्न जोसिन्थे’, ६३ वर्षीय स्कुलका डाइरेक्टर वीरबल शेर्पा भन्छन्, ‘म भने अहिले पनि शिक्षा क्षेत्रमै लगानी गरिरहेको छु ।’
जतिपटक एसइइमा सहभागिता जनाए अहिलेसम्म उच्च अङ्क हासिल गर्दै आएका छन् । ‘शतप्रतिशत नै नतिजा निकाल्न विद्यार्थी सफल भएका छन्’, विद्यालयकी प्रिन्सिपल शुभद्रा राई भन्छिन्, ‘दक्ष शिक्षक–शिक्षिका, परिश्रमी विद्यार्थी र अभिभावकको सहयोगले राम्रो नतिजा निकाल्न सफल भएको हो ।’ पैसा कमाउनकै लागि ‘क्वान्टिटी’ रोज्दा हुने भएपनि आफूहरूले ‘क्वान्टिटी’ मा कहिल्यै जोड नदिएको बरू ‘क्वालिटी’ लाई रोजेको उनी बताउँछिन् । ‘अनुशासन र क्वालिटीलाई नै जोड दिँदै लग्यौं ।’ उनले भनिन्, ‘स्कुल नैतिक र कर्तव्यनिष्ठ नागरिक तयार गर्ने उद्देश्यबाट सञ्चालित छ ।’
विद्यार्थीकै क्षमताका आधारमा विषयहरूमा केन्द्रित गरी अध्यापन गराइन्छ । शिक्षकले नियमित गृहकार्य दिन्छन् । विद्यार्थीले अनिवार्य रुपमा गृहकार्य गर्नुपर्छ र नोटबुक बनाउनुपर्छ । प्रत्येक विषयका अलग्गै विभाग छन् । विभागीय सदस्यहरुले सामूहिक छलफलबाट सूक्ष्म तालिका बनाएका छन्, जसमा विषयवस्तु, शिक्षण विधि र समयका बारेमा स्पष्ट किटान गरिएको छ । त्यसै आधारमा शिक्षकले पनि पूर्ण तयारीका साथ कक्षामा प्रस्तुत हुनुपर्छ ।
बस, स्तरीय कम्प्युटर ल्याब, भौतिक पूर्वाधार, सफा खानेपानी, बोडर्स, डेबोडर्स, कम्प्युटर ल्याब, मन्टेश्वरी बेस, योगा क्लास विद्यालयका अन्य आकर्Èण तथा विशेषता हुन् । ‘विद्यार्थीबीच प्रतिस्पर्धात्मक वातावरण बताउन र सिर्जनात्मक क्षमता प्रवद्र्धन गर्नका लागि अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिने गरेका छौं’, डाइरेक्टर शेर्पा भन्छन्, ‘यसले पढाइका साथै विद्यार्थीमा प्रतिभावान बनाउन टेवा पुग्छ भन्ने कुरा हामीले बुझेका छौं ।’
पाठ्यक्रम केन्द्रित शैक्षिक गतिविधिका साथै अतिरिक्त क्रियाकलापले विद्यार्थीले पनि क्षमता बनाउँदै अघि बढेको उनी बताउँछन् । तेक्वान्दो, बास्केटबल, फुटबल, भलिबल, वक्तृत्वकला, गीत–सङ्गीत, नृत्य, साहित्यको क्षेत्रमा विद्यार्थी अघि रहेको उनी बताउँछन् । ‘किताबको किरो, रटन्ते, घोकन्तेमात्रै होइन, अतिरिक्त ज्ञान र व्यावसायिक बनाउन पनि लागिपरिरहेको छ ।’ उनी भन्छन् । नियमितरुपमा परीक्षा, मूल्याङ्कन र कक्षा सञ्चालनको सुपरीवेक्षणले शिक्षक र विद्यार्थीलाई सचेत गराइरहेको उनको कथन छ । उच्च, योग्यता, दक्षता प्राप्त अनुभवी र समर्पित शिक्षक–शिक्षिकाहरूका कारण पनि विद्यालयले प्रगति गरेको उनी बताउँछन् । फोटोः हाम्रो कोशी आवाज डटकम 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here