धरानः धरानका बालबालिकालाई नेपाल चर्चित गायक अल्मोडा राणा उप्रेतीले नचाएका छन् ।
कोशी क्वीन २०१४ को उपाधि विजेता एवम् बराह ग्रुपकी मन्दिरा लामिछानेको सहयोगमा उनी धरान–१७ स्थित श्री सम्यक शिक्षा आधारभूत विद्यालय पुगेका थिए ।
उनले बालबालिकालाई ‘पानी प¥यो असिना झरयो दाइको रुमाल भाउजुलाई मन प¥यो, पारीको डाँडामा घाम लाग्यो जस्ता चर्चित गीतहरू सुनाए । उनले बालबालिकालाई उत्प्रेरणा पनि प्रदान गर्न भ्याएको विद्यालयका प्रधानाध्यापक सरोज श्रेष्ठले बताए ।
सो कार्यक्रममा विद्यालयबाट पनि बालबालिकाहरूले नृत्य प्रस्तुत गरेका थिए । उनले सम्पूर्ण बालबालिकाहरूलाई फ्रुटी र विस्कृटहरू र विद्यालयलाई फुटबल, व्याटमिन्टन र तीन कार्टुन ज्यामिति बक्स वितरण गरेका थिए साथै विद्यालयमा नृत्य शिक्षकको लागि ५ हजार ५ सय सहयोग पनि गरे । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here