Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दशैँ नजिकै आइसक्यो, सर्वसाधारणको गोजी रित्तो, बजार सुनसान !

रुषा थापा
असोज ४ २०८१, शुक्रबार
दशैँ नजिकै आइसक्यो, सर्वसाधारणको गोजी रित्तो, बजार सुनसान !

नेपालीहरुको महान् चाड दशैं मुखमै आइसकेको छ । तर, यो वर्ष बजारमा चहलपहल छैन । अघिल्ला वर्षहरुमा दशैँ आउन एक÷डेढ मसिनाअगावै किनमेल शुरु हुन्थ्यो । यो वर्षको दशैं शुरु हुन केही दिन मात्रै बाँकी रहेपनि बजार सुनसान छ । आम सर्वसाधारण भन्छन्, ‘दशैं त आयो तर तलब आएन । कमाएर राखेको पैसा पनि सहकारीले खाइदियो । अनि किनमेल कसरी गर्नु । यो वर्ष साँच्चिकै दशैँ खल्लो नै हुने भयो ।’
वर्षौभरी मानिसहरुले काम गरे । दिनरात खटेर । आफ्ना बालबच्चाको गाँस काटेर सहकारीमा रकम जम्मा गरे । दिनभर कमाएको रकमसहित पुख्र्यौली सम्पत्ति समेत बेचेर सहकारीमा बचत गरे । तर, सहकारीले रकम पचाइदिँदा आज उनीहरु दशैं समेत मान्न नसक्ने अवस्थामा पुगेका छन् । सहकारी त भागिहाल्यो । अब ती बचतकर्ताहरुको पैसा कसरी फिर्ता आउँछ ?
यता, विभिन्न कम्पनी, संघसंस्था, फर्मलगायतमा काम गर्नेहरु तीन महिनादेखि एक वर्षसम्मको तलब नपाएको गुनासो गर्छन् । उनीहरुले महिनाको आठ÷दश हजारमा काम गरे । त्यो पनि बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म । तर, काम गरेको कम्पनीले मन्दी छ भन्दै तलब नदिएपछि उनीहरु बिचल्लीमा परेका छन् । घरमा आमाबुबा, श्रीमती कुरेर बसेका छन् । छोरा वा श्रीमानले दशैं खर्च ल्याउँछन् भनेर ।
तर, अब घर पनि जाने पैसा नभएको भने उनीहरु बताउँछन् । अहिले अधिकांश संघसंस्था, फर्महरुमा काम गर्ने मानिसहरु भन्छन्, ‘यो वर्ष दशैंमा बिजोग हुने भयो । घर जान पनि पैसा छैन । झन् दशैं खर्च कसरी जुटाउने होला ।’ मुलुकभर ३५ हजारबढी सहकारी दर्तामा रहेका छन् । ३५ हजार सहकारीमा थोरै मात्र ठिकठाक रहेको पाइन्छ । अन्य सबै डुबेका छन्, भागेका छन् ।
नभागेका वा सञ्चालनमा रहेका सहकारीहरुले पनि बचतकर्ताहरुलाई झुक्राइरहेका छन् । बचतकर्ता निक्षेप फिर्ता माग्न जाँदा कहिले भोलि दिन्छु भन्छन् त कहिले जग्गा बेचेर दिन्छु भन्छन् । यसरी नै उनीहरुलाई बचतकर्तालाई वर्षौ अड्काइसकेका छन् । कतिपय सहकारीले त पछिल्लो समय नयाँ जुक्ति निकालेका छन् । उनीहरुले बचतकर्तालाई पैसाको साटो जग्गा दिन्छु भन्दै ग्रामीण भेगको जग्गा भिडाइरहेका छन् । त्यो पनि महँगोमा ।
अहिले सेयरको मूल्य दिनानु दिन घटेको छ । ३१ सय बिन्दुमा पुगिसकेको सेयर २५ सयमा झरिसकेको छ । अब झ्न सय रुपैयाँमा झर्ने बताइन्छ । सेयर बैंकले सय रुपैयाँमा नै निष्काशन हो । त्यो त दलालीहरुको मिलेमतोमा यसको मूल्य बढाइयो । तर, अब बैंकले निकालेकै भाउमा सेयरको मूल्य झर्नेछ । किनकि कृत्रिम मूल्य धेरै समय टिक्न सक्दैन ।
चार वर्षअघि आनाको ५० लाखमा किनिएको जग्गा अहिले १०÷१२ लाखमा समेत बिक्री नभएको सुनिन्छ । ३० लाखमा किनेको सवारीसाधन पनि चार÷पाँच लाखमा बिक्री नहुने अवस्था निम्तियो । अहिले दशैँअघि नै काठमाडौं उपत्यकासहित मुलुकका प्रमुख व्प्यापारिक केन्द्रहरुमै सटर खाली भएका छन् । दशैंपछि झन् बढी सटरहरु खाली हुने बताइन्छ ।
सटर मात्र नभई कोठा, फ्ल्याट पनि खाली हुदैँ गएका छन् । किनकि मानिससँग रोजगारी छैन । रोजगारी भएपनि तलब पाएको छैन भने महँगी बढ्दो छ । यसैले, मानिसहरु आफ्नो कोठा, फ्ल्याट, सटर नै खाली गरेर नफर्किने सोचमा गाउँघरतिर लागेका छन् । यो वर्ष दशैँमा गाउँघर जाने अधिकांश मानिस फकिने छैनन् ।
यता, बैंक पनि घाटामा गएको छ । बैंकबाट कर्जा लिने कोही छैन । कर्जा प्रवाह नभएपनि बैंकले आम्दानी कसरी गरोस् ? कसरी कर्मचारीलाई तलब दिइयोस् ? कसरी खर्च धानोस् ? दशैं मुखमै आएपनि व्यापारी तथा व्यवसायीहरु झिँगा धपाएर बसिरहेका छन् । उनीहरु भन्छन्, ‘सटर खोल्नु मात्र हो । एक जना पनि ग्राहक आउँदैनन् ।’
व्यापारीदेखि यातायात व्यवसायी तथा हवाई कम्पनीहरुको लुट्ने बेला भनेकै चाडपर्वको समयमा हो । तर, यही बेला मानिससँग पैसा नहुँदा उनीहरु पनि निराश बनेका छन् । अहिले बजारमा एउटा कुराको खुब चर्चा छ, त्यो हो सुन । सुन व्यापारीहरु सर्वसाधारणलाई चाँहि सुन बेच्छन् । तर, सर्वसाधारणबाट भने सुन नकिनेको गुनासो आइरहेको छ ।
हामीसँग अहिले पैसा छैन । अन्तै गएर बेच्नुस् भनेर व्यापारीहरुले भन्ने गरेको आमनागरिक बताउँछन् । व्यापारीहरुलाई थाहा छ कि अहिले सुनको मूल्य कृत्रिम रुपमा बढाइएको हो । त्यसैलै, उनीहरु महँगोमा सुन किनिरहेका छैनन् । अहिले महँगोमा सुन किने भोलि नराम्ररी डुब्नेमा उनीहरु प्रष्ट छन् । यता, कतिपय व्यापारीहरुले सुन किनेपनि तोकिएको मूल्य दिदैँनन् ।
हामी सर्वसाधारण सुन किन्न गएमा विभिन्न शुल्क जोडेर तोलाकै दुई लाखसम्म असुल्छन् तर, जब हाम्रो बेच्ने पालो आउँछन्, तब व्यापारीहरु त्यँही सुन लाखमा झारिदिन्छन् । अहिले बजारमा सुनको मूल्य एक लाख ५६ हजार तीन सय रुपैयाँ छ । तर, सर्वसाधारण जनताले आफुसँग भएको सुन बिक्री गरेमा एक लाख मात्र पाएका छन् । सुन व्यापारीहरुले विभिन्न शुल्कको नाममा आम नागरिक लुटिरहेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारीलगायत विभिन्न सेवासुविधाका लागि काठमाडौं उपत्यकामा करोडमाथि मानिस बस्छन् । पहिलाका दशैंहरुमा उपत्यकाबाट २०÷२२ लाखको हाराहारीमा सर्वसाधारण आफ्नो गाउँघर जान्थे । यो वर्ष त्योभन्दा पनि बढी मानिसले उपत्यका छोड्ने र नफर्किने बताइन्छ । अहिले आएर मानिसहरुले बुझे कि यहाँ बस्न सकिदैँन । एकातिर घर भाडामा गएको छैन त अर्कोतिर भाडामा बसेकाले समेत पैसा तिरेका छैनन् । अनि त्यँही भाडामा आश्रित घरधनीहरु बिचल्लीमा परेका छन् । किनकि पैसाबिना सामान पाइदैँनन ।
फेरि इट्टा र डण्डी त खान पनि मिल्द्रैंन । नेता, सरकारी कर्मचारी र व्यापारीका लागि दशैँ जहिल्यै पनि आउँछ । तर, आम सर्वसाधारण भने वर्षमा एक चोटी आउने दशैँमा समेत न मिठो खान पाउँछन् न राम्रो लगाउन । अहिले ८०/९० वर्षका बुढाबुढी भन्छन्, ‘यत्रो महँगी र बेरोजगारी बढेको । सहकारी, लघुवित्त, फाइनान्सले यत्रो पैसा खाइदिएको । देशमा यस्तो मन्दी र आर्थिक संकट निम्तिएको हामीलाई अहिलेसम्म थाहा थिएन ।’ मुलुकको आर्थिक अवस्था यस्तो हुनुमा नेता र कर्मचारीहरुकै हात छ । सरकारमा बसेकाहरुलाई आफ्नो कुर्सी जोगाउनुबाहेक केही चिन्ता छैन । बजारको मन्दी हटाउन न उनीहरु पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउँछन् न त विदेशमा लुकाइएको रकम नै खोजतलास गरी राष्ट्रियकरण गर्न सक्छन् । अनि कसरी बजारको मन्दी हट्छ ? कसरी मुलुकको अर्थतन्त्रमा सुधार आउँछ ?

प्रकाशित मिति: असोज ४ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ५ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • मेस्सीका छोरा खेल्दैछन् फुटबल

    धरानः लियोनल मेस्सीका जेठा छोरा थियागो हाल १३ वर्षका भए । मेस्सीले खेल्ने अमेरिकी क्लब इन्टर मियामीको एकेडेमीमा मिडफिल्डरको रूपमा खेल्ने थियागोले बुबाकै प्रतिष्ठित...

    • ३ दिन अगाडी
    • ८ मिनेट पाठ
  • रास्वपाकी सांसद नै आएर बाँडिन् सुकुम्बासीलाई धनीपुर्जा

    धरानः अर्जुनधारा नगरपालिका-११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारा नगरपालिकाको...

    • ४ दिन अगाडी
    • २ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • धरानको पिण्डेश्वरमा लोकल बम

    धरानः धरानमा पहिलाकै जस्तै गरी पहेंलो बस्त्रधारण गरी ‘बम’ (बोलबम) देखिएका छन् । पहिलो सोमबार लोकल (स्थानीय) भक्तजन त्यहाँ पुगेका हुन् । प्रत्येक वर्ष...

    • ७ दिन अगाडी
    • २ मिनेट पाठ
  • शिक्षकले छात्रालाई अश्लील म्यासेज पठाएपछि खैलाबैला

    धरानः मोरङको सुन्दरहरैंचामा विद्यार्थीलाई दुव्र्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैंचा नगरपालिका १० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैंचा...

    • ७ दिन अगाडी
    • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend